मंगलवार, असार ९,२०८३ 11:50:51
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:50:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्ट्याण्डर्ड चाटर्ड बैंकले अहिलेसम्मकै ठूलो सेयर बाईब्याक गर्ने, सेयरमूल्यमा उछाल

Laxmi Sunrise Bank Limited
स्ट्याण्डर्ड चाटर्ड बैंकले अहिलेसम्मकै ठूलो सेयर बाईब्याक गर्ने, सेयरमूल्यमा उछाल

काठमाण्डौ । आज अधिकांश युरोपेली सेयर बजारमा हरियाली छाएको छ । आज प्यान–युरोपियन स्टकएक्स६०० अधिकांश समूहमा वृद्धिका साथ ०.२७ प्रतिशतले बढेको छ ।  

लण्डनको एफटीएसई१०० भने ०.४८ प्रतिशतले घटेको छ ।  एफटीएसई१०० मा डियागो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ । कम्पनीको बिक्रीमा सन् २०२० पछिकै गिरावट आएपछि सेयरमूल्यमा गिरावट आएको हो ।  

New Office
CG Motors
Garima Development Bank

आज स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयरमूल्य ५.५ प्रतिशतले बढेको छ । बैंकले अहिलेसम्मकै ठूलो अर्थात १.५ बिलियन डलर मूल्यबराबरको सेयर बाईब्याक गर्ने घोषणा गरेसँगै बैंकको सेयरमूल्य उकालो लागेको हो ।  

यस्तै बैंकले १० मिलियन डलरबराबरको खर्च कटौतीको योजना समेत सार्वजनिक गरेको छ । यसका लागि बैंकले २०० भन्दा बढी प्रोजेक्ट पहिचान गरेको जनाएको छ । यो वर्षको दोस्रो त्रैमासमा बैंकको कर कटौती अघिको नाफा ५ प्रतिशतले बढेर ३.४९ बिलियन डलर पुगेको छ ।  

अधिकांश कम्पनीहरुको बलियो वित्तीय विवरण सार्वजनिक भएसँगै युरोपेली बजारमा वृद्धि देखिएको छ । यस्तै बेलायतको केन्द्रीय बैंकले आगामी बिहिबार मौद्रिक नीतिको बैठक आयोजना गर्दैछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.