सोमबार, असार २,२०८२ 03:20:03
  • सोमबार, असार २,२०८२ 03:20:03
Global IME Bank Limited

स्ट्याण्डर्ड चाटर्ड बैंकले अहिलेसम्मकै ठूलो सेयर बाईब्याक गर्ने, सेयरमूल्यमा उछाल

Hyundai Nepal
स्ट्याण्डर्ड चाटर्ड बैंकले अहिलेसम्मकै ठूलो सेयर बाईब्याक गर्ने, सेयरमूल्यमा उछाल
Nabil Bank Limited

काठमाण्डौ । आज अधिकांश युरोपेली सेयर बजारमा हरियाली छाएको छ । आज प्यान–युरोपियन स्टकएक्स६०० अधिकांश समूहमा वृद्धिका साथ ०.२७ प्रतिशतले बढेको छ ।  

लण्डनको एफटीएसई१०० भने ०.४८ प्रतिशतले घटेको छ ।  एफटीएसई१०० मा डियागो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ । कम्पनीको बिक्रीमा सन् २०२० पछिकै गिरावट आएपछि सेयरमूल्यमा गिरावट आएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयरमूल्य ५.५ प्रतिशतले बढेको छ । बैंकले अहिलेसम्मकै ठूलो अर्थात १.५ बिलियन डलर मूल्यबराबरको सेयर बाईब्याक गर्ने घोषणा गरेसँगै बैंकको सेयरमूल्य उकालो लागेको हो ।  

यस्तै बैंकले १० मिलियन डलरबराबरको खर्च कटौतीको योजना समेत सार्वजनिक गरेको छ । यसका लागि बैंकले २०० भन्दा बढी प्रोजेक्ट पहिचान गरेको जनाएको छ । यो वर्षको दोस्रो त्रैमासमा बैंकको कर कटौती अघिको नाफा ५ प्रतिशतले बढेर ३.४९ बिलियन डलर पुगेको छ ।  

अधिकांश कम्पनीहरुको बलियो वित्तीय विवरण सार्वजनिक भएसँगै युरोपेली बजारमा वृद्धि देखिएको छ । यस्तै बेलायतको केन्द्रीय बैंकले आगामी बिहिबार मौद्रिक नीतिको बैठक आयोजना गर्दैछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.