युरोपेली सेयर बजारमा हरियाली, बिटक्वाइनको मूल्य ५२ हजार डलरबाट फर्केर ६० हजार नजिक
काठमाण्डौं । युरोपेली सेयर बजारमा आज पनि हरियाली छाएको छ । यो समाचार तयार पार्दासम्म जर्मनको ड्याक्स १४० अंकले बढेर १८ हजार ७७३ मा बन्द भएको छ । त्यसैगरि, लण्डनको फुट्सी १०० पनि ६४ अंकले बढेर ८ हजार ३४२ विन्दुमा, फ्रान्सको क्याक ६५ अंकले बढेर ७ हजार ५१४ विन्दुमा कारोबार भईरहेको छ । युरो इन्डेक्स स्टएक्स ६०० पनि ०.७५ प्रतिशतले बढेको छ ।