काठमाण्डौ । युरोपेली सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । आज अगस्टको अन्तिम कारोबार दिन युरोपेली सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
युरोपको पान–युरोपियन स्टकएक्स६०० सूचक ले नयाँ इन्ट्रा डे हाईको उचाई चुमेको हो । पान–युरोपियन स्टकएक्स६०० सूचक ०.२८ प्रतिशतले बढेको छ । आज अधिकांश सेक्टरहरु हरियाली भएका छन् । टेक कम्पनीहरुको सेयर ०.३२ प्रतिशतले बढेको छ । मिडियाको कम्पनीहरुको स्टक भने ०.४३ प्रतिशतले घटेको छ । माईनिङ स्टक ०.८३ प्रतिशतले बढ्दा युटिलिटिज पनि ०.९८ प्रतिशतले बढेको छ ।
अगस्ट महिनामा युरोपको मुद्रास्फितीदर ३ वर्ष यताकै न्यून विन्दुमा पुगेको छ । नयाँ आँकडा अनुसार अगस्ट महिनामा मुद्रास्फितीदर २.२ प्रतिशतमा खुम्चिएको छ ।
फ्रान्सको मुद्रास्फितीदर पनि घटेर २.७ प्रतिशतबाट घटेर २.२ प्रतिशतमा सीमित बनेको छ ।
मुद्रास्फितीदर घटेसँगै अब लगानीकर्ताको ध्यान सेप्टेम्बर महिनामा युरोपियन केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्न सक्ने स्म्भावनामा केन्द्रित बनेको छ ।