काठमाण्डौ । सोमबार युरोपेली सेयर बजारले बढोत्तरीका साथ कारोबारको सुरुवात गरेका छन् । अमेरिकी र एशिया प्यासेफिसक क्षेत्रका बजारमा गिरावट आउँदा युरोपेली सेयर बजारले भने सकारात्मक सुरुवात गरेको हो ।
आज प्यान–युरोपियन स्टकएक्स६०० इन्डेक्स ०.५७ प्रतिशतले बढेको छ । प्यान–युरोपियनमा कारोबार भएका अधिकांश समूहमा आज हरियाली छाएको छ । आज टेक कम्पनीहरुको सेयरमूल्य १.३२ प्रतिशत र ट्राभल एण्ड लिजर समूह १.३० प्रतिशतले बढेको छ ।
रबरी कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ५.१९ प्रतिशतले घटेको छ ।
अमेरिकाको पेरोल बढेर १ लाख ४२ हजार पुगेको छ । जुन अर्थशास्त्रीहरुले अपेक्षा गरेभन्दा कम हो । यो डेटाका कारण अमेरिकी अर्थतन्त्रमा सुस्तता आउने त्रासका कारण विश्वका सेयर बजारमा गिरावट आईरहेको छ ।
आइतबार अमेरिकाको एस एण्ड पी५०० इन्डेक्स ४.३ प्रतिशतले घटेको थियो । यस्तै नास्डक पनि ५.८ प्रतिशतले ओरालो लागेको थियो ।