काठमाण्डौं । युरोपेली सेयर बजारमा आज पनि हरियाली छाएको छ । यो समाचार तयार पार्दासम्म जर्मनको ड्याक्स १४० अंकले बढेर १८ हजार ७७३ मा बन्द भएको छ ।
त्यसैगरि, लण्डनको फुट्सी १०० पनि ६४ अंकले बढेर ८ हजार ३४२ विन्दुमा, फ्रान्सको क्याक ६५ अंकले बढेर ७ हजार ५१४ विन्दुमा कारोबार भईरहेको छ । युरो इन्डेक्स स्टएक्स ६०० पनि ०.७५ प्रतिशतले बढेको छ ।
युरो स्टएक्सका सबै समूहमा आज हरियाली छाएको छ । बैंक समूह १.३३ र टेक समूह १.२३ प्रतिशतले बढेको छ ।
यस्तै विश्वबजारमा आज क्रिप्टोकरेन्सीमा पनि बढोत्तरी आएको छ । बिटक्वाइनको मूल्य ५० हजार डलरबाट फर्केर ५९ हजार ८० को विन्दुमा कारोबार भईरहेको छ । यस्तै लाइट क्वाइन , इथर र बिट्क्वाइन क्यासमा पनि आज बढोत्तरी आएको छ । विश्वबजारमा आज तेल र सुनको मूल्यमा भने सामान्य गिरावट आएको छ ।