बिहीबार, श्रावण १४,२०८३ 11:48:09
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:48:09
Bizshala
Global IME Bank Limited

कांग्रेस महाधिवेशनको मिति सर्वसम्मत पारित, कार्यकाल माघसम्म लम्बियो

कांग्रेस महाधिवेशनको मिति सर्वसम्मत पारित, कार्यकाल माघसम्म लम्बियो
New Office

काठमाण्डौ । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ।  

सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत प्रस्तावलाई सर्वसम्मत अनुमोदन गरिएको हो ।  

यसै बैठकमा अहिलेको कार्यसमितिको कार्यकाल माघ महिनासम्म लम्ब्याउने सहमति पनि बनेको छ।

पारित नयाँ समयबमोजिम कांग्रेसले पुस १६ गते वडा तहका अधिवेशन सुरू गर्नेछ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको तालिका अनुसार गाउँ तथा नगर तहका अधिवेशन पुस १७ गते, र प्रदेशसभा निर्वाचन क्षेत्रका अधिवेशन पुस १९ गते निर्धारण गरिएको छ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्र रहेको जिल्लामा पुस २१ गते, र एकभन्दा बढी क्षेत्र भएका जिल्लामा पुस २२ गते जिल्लास्तरीय अधिवेशन हुनेछ।

प्रदेश अधिवेशन भने पुस २२ र २३ गते सम्पन्न गर्ने योजना रहेको कार्यवाहक सभापति खड्काले बैठकलाई जानकारी गराएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.