सोमबार, मंसिर १५,२०८२ 06:33:35
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 06:33:35
Bizshala
Global IME Bank Limited

कामू सीईओ पनि पक्राउ पर्ने भएपछि प्रभू बैंकमा अर्को भूकम्प, सीआईबी पुगे सञ्चालक

Hyundai Nepal
कामू सीईओ पनि पक्राउ पर्ने भएपछि प्रभू बैंकमा अर्को भूकम्प, सीआईबी पुगे सञ्चालक
Shivam Cement

काठमाण्डौ । प्रभू बैंक लिमीटेडले कामू सीईओको जिम्मेवारी दिएको निरज लम्साल पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले अनुसन्धान गरिरहेको बैंकिङ कसूर प्रकरणमा संलग्नमध्येका एक आरोपी रहेका पाइएको छ ।  

सीआईबीले आफूहरुले अनुसन्धान गरिरहेको प्रकरणमा जोडिएकामध्ये एक आरोपीलाई नै प्रभू बैंकको सञ्चालक समितिको बैठकले कामू सीईओको जिम्मेवारी दिएपछि आश्चर्य प्रकट गर्दै सोमबार बिहान सञ्चालकहरुलाई ब्यूरो बोलाएको समेत खुलेको छ । 

CG Motors
Garima Development Bank
IME remit

प्रभू बैंकका दुई सञ्चालक कामू सीईओ लम्साल समेत पक्राउ पर्ने जोखिम बढेपछि अत्तालिँदै ब्यूरो पुगेका थिए । त्यहाँका प्रहरी अधिकारीहरुले निरज लम्सालको संलग्नता अहिलेको प्रकरणमा समेत रहेको भन्दै उनका विषयमा बनेको फाइल नै देखाएपछि सञ्चालकहरु थप आत्तिएका स्रोतको भनाई छ ।  

हिजोमात्र बैंकका सीईओ, डिसीइओ र सीसीओ पक्राउ परेका र फेरि कामू सीईओ पनि पक्राउ पर्ने अवस्था बने बैंक भद्रगोल हुने र यसले सर्वसाधारणमा गलत म्यासेज गई प्रणालीगत जोखिम निम्तिनसक्ने भन्दै सञ्चालकहरुले लम्सालको विषयमा लचक बनिदिन आग्रह गरेका थिए । सीआईबीका अधिकारीहरुले लम्साल कतै नभाग्ने ग्यारेण्टी गर्ने हो र चाहिएको बेला उपस्थित गराउने शर्त मान्ने हो भने बैंकको भविष्यलाई हेरेर केही लचक बन्न सकिने बताएका थिए ।  

त्यसपछि ती दुवै सञ्चालकले ब्यूरोमा निरज लम्साललाई अनुसन्धानका क्रममा चाहिएको बेला उपस्थित गराउने शर्तनामा गरेका प्रहरी स्रोतले जनाएको छ ।  

'हामीले अनुसन्धान गरिरहेको केशमा संलग्नता रहेका आरोपीमध्ये उहाँ(निरज लम्साल) पनि एक हुनुहुन्छ । उहाँलाई नै बैंकले नेतृत्व दिएपछि हामी सुरुमा आश्चर्यमै पर्यौं ।' एक प्रहरी अधिकारीले बिजशालासँग भने- 'बैंकले यस्तो गर्नु हुँदैन थियो । यसमा राष्ट्रबैंकले गाँठो फुकाउने काम गर्छ भन्ने अपेक्षा छ । हामीलाई शंका लागेका सबैसम्म पुगेर अनुसन्धान गर्ने वातावरण सबै पक्षले बनाइदिन्छन् भन्ने आशा राखेका छौं ।'

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

निरज लम्साल प्रभू बैंकमा निकै लामो समयदेखि कार्यरत बैंकर हुन् । उनी हाल चिफ रिकभरि अफिसरको रुपमा कार्यरत छन् । सीईओ अशोक शेरचन पक्राउ परेको प्रकरणमा उनी पनि तानिने स्वभाविक पात्र हुन् । अझ बैंकस्थित स्रोतको दाबीलाई मान्ने हो भने त यो प्रकरणका प्रमुख खेलाडीमध्ये निरज लम्साल पनि एक हुन् ।  

यो विषयमा कुरा बुझ्न खोज्दा लम्साल सम्पर्कमा आउन चाहेनन्।

उता, राष्ट्रबैंकमा समेत लम्सालको विषयमा सीआईबीले राखेको कन्सर्न पुगेपछि बरु बाहिरबाट कुनै बैंकरलाई ल्याएर बैंक सम्हाल्न दिने गरी तत्काल निर्णय गरेर जाने विकल्पमा समेत छलफल भइरहेको बुझिएको छ । यसका लागि राष्ट्रबैंकका केही उच्च अधिकारीहरुले केही अनुभवी बैंकरहरुसँग निरन्तर छलफल पनि थालेका छन् ।  

यही विषयमा केन्द्रीत रहेर बैंकका अध्यक्ष किशोरजंग कार्कीलाई समेत केन्द्रीय बैंकले बोलाइसकेको छ । बैंकको भावी नेतृत्व, जोखिम न्यूनिकरण तथा समस्याको सही व्यवस्थापनका लागि केन्द्रीय बैंकले प्रभू बैंकलाई आज स्पष्ट निर्देशन गर्ने तयारी गरिरहेको समेत बुझिएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.