बुधबार, असार १०,२०८३ 09:36:12
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:36:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

व्यवसाय सफल हुन नदिने यी हुन् ७ गल्ती

Laxmi Sunrise Bank Limited
व्यवसाय सफल हुन नदिने यी हुन् ७ गल्ती

काठमाण्डौ । यदि तपाई आफ्नै केही बिजिनेश सुरु गर्ने सोंच बनाइरहनुुभएको छ, तर असफल भइएला भनेर डर लागिरहेको भए तपाईलाई हामी ती ७ गल्तीको बिषयमा बताउन गइरहेका छौ, जुन गल्ती नगरे विजिनेशमा कहिल्यै असफल भइन्न । यी गल्ती हाम्रा अनुमान होइन, बरु अन्तर्राष्ट्रिय विज्ञ तथा एजेन्सीहरुले निकै खोजपछि तयार पारेका तथ्य हुन् । रिसर्च एजेन्सीहरुले त्यस्ता ७ गल्तीको बिषयमा खोजी गरेका छन्, जसका कारण जोकोही विजिनेशमा असफल हुने पक्का छ । यी गल्ती प्राय मानिसले गरिरहेका हुन्छन्, तर गम्भीर बन्दैनन् । यदि तपाई विजिनेश सुरु गर्ने सोंचमा हुनुहुन्छ भने कुनै पनि हालतमा यी गल्ती गर्नबाट बच्नुुहोस् । आउनुहोस्, थाहा पाइराखौं ती समान र साझा गल्तीहरुको बिषयमा, जसलाई विजिनेश गर्नेले दोहोर्याउनै हुन्न ।

१.विजिनेश प्लान नबनाउनु

तपाईले विजिनेश त सुरु गर्नुभयो, तर विजिनेश प्लान बनाउनुुभएन भने सोच्नुुहोस्, तपाईको विजिनेश धेरै दिन चल्नेछैन । विजिनेश सुरु गर्ने क्रममा तपाईले पैसा कहाँबाट जुटाउने, केको विजिनेश गर्ने भन्ने योजना त बनाउनुहुुन्छ, तर आगामी दिनमा विजिनेश कसरी चलाउने वा चल्छ भन्ने बिषयमा चाहि कुनै योजना बनाउनुुहुन्न भने तपाई सफल बन्नुहुुन्न । प्लान गर्नुभन्दाअघि तपाईले मार्केट सर्भेदेखि लिएर यस्ता मानिससँग कुरा गर्नुपर्ने हुन्छ, जसले तपाईले सुरु गर्न लागेकै प्रकृतिको विजिनेश छाडेका छन् वा असफल भएका छन् । विजिनेशको भविष्यलाई लिएर निकै गहन ढंगले सोच्नुपर्ने हुन्छ ।

New Office
CG Motors
Garima Development Bank

२.संचालन खर्च नजुटाउने

जब हामी विजिनेश सुरु गर्ने सोंच बनाउँछौ, तब हामीमा पैसा कसरी जुटाउने भन्ने पिरलो हुन थाल्छ । त्यस्तो बेलामा हामीले लगानी पूँजीको बिषयमा मात्र सोच्छौ, संचालन खर्चको बिषयमा सोच्न भूलिदिन्छौ । विजिनेशलाई चलाउन संचालन खर्चको समेत जोहो गर्नुपर्ने हुन्छ र यो बिषयमा समेत गम्भीर भएर सोच्नुपर्ने हुन्छ । 

यसकारण हामीले लगानी हुने पूँजीसँगै संचालन खर्चको समेत सुरुमै व्यवस्थापन गर्नुपर्ने हुन्छ । आफ्नो विजिनेशले एउटा निश्चित अवधिसम्म पनि रिटर्न दिएन भने पनि विजिनेश बन्द हुन नदिने प्रणसहित त्यो अवधिसम्मको संचालन खर्चको जोहो समेत सुरुमै गर्नुपर्छ ।

३.प्रतिस्पर्धीलाई नचिन्नु

यदि तपाई विजिनेश सुरु गर्न चाहनुुहुन्छ भने तपाई आफ्नै ढंगले योजना बनाउनतिर लाग्नुहुन्छ। तर यो क्रममा तपाईले जुन फिल्डको विजिनेश गर्न गइरहनुुभएको छ, त्यो क्षेत्रमा पहिलादेखि नै  विजिनेश गरिरहेकाहरुको क्षमता कति छ भन्ने कुरा बुुझ्नुुहुन्न ।

त्यसकारण तपाईले आफूले रोजेको क्षेत्रको विजिनेशका प्रतिस्पर्धीहरुको तागत कति छ रु उनीहरुको संख्या कति छ रु भन्ने बिषय बुुझ्नुुपर्ने हुन्छ । तपाईको प्रतिस्पर्धीहरुले तपाईको विजिनेश फेल गराउन के के गर्न सक्लान् भन्ने बिषयमा समेत आँकलन गरेर सचेत हुनुपर्छ । 

त्यसकारण पहिला आफ्ना प्रतिस्पर्धीको क्षमता पत्ता लगाउनुहोस् र त्यसपछि मात्रै विजिनेश प्लान बनाउनुुहोस् । यो तयारीका कारण तपाई विजिनेशमा आफ्ना प्रतिस्पर्धीहरुलाई समेत पछारेर अगाडि बढ्न सक्नुहुन्छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

४.विज्ञता एउटा, विजिनेश अर्को

विजिनेश सुरु गर्न गइरहनुुभएको छ भने प्रारम्भमा तपाईले हिजोआज कुन विजिनेश चल्तीमा छ, केको विजिनेश गर्दा नाफा हुन्छ भन्ने बिषय सोच्नुुहुन्छ । त्यसपछि मात्र तपाईले राम्रो नाफा हुने भन्दै एउटा विजिनेश रोज्नुहुन्छ । तर यस्तो गल्ती गर्नुहुुन्न । 

यसको साटो तपाईले सबैभन्दा पहिला आफ्नो क्षमता बुुझ्नुुपर्ने हुन्छ । तपाईले त्यस्तो क्षेत्रको विजिनेश सुरु गर्नुपर्छ, जसमा तपाईको विज्ञता छ । जस्तोस् तपाई जुन क्षेत्रको जागिरे हुनुहुन्छ र जेमा विज्ञता छ, त्यहीसँग सम्बन्धित विजिनेश सुरु गर्नुपर्छ । यसो गर्दा जागिरको सिलसिलामा तपाईले हासिल गरेको अनुुभव विजिनेशमा निकै धेरै काम लाग्छ ।

५.विजिनेश गर्ने ठाउँ

कयौं सरकारी तथा गैरसरकारी निकायका तथ्यांकले यो देखाएको छ कि धेरैभन्दा धेरै विजिनेश फेल हुने मुख्य कारण विजिनेश गर्ने ठाउँ पनि हो । तपाईले जुन ठाउँमा आफ्नो विजिनेश सुरु गर्न गइरहनुुभएको छ, त्यहाँको लोकेशन कस्तो छ भन्ने बिषय समेत बुुझ्नुुपर्छ ।

लोकेशन तपाईको विजिनेशको प्रकृतिको हिसाबले उपयुक्त छ कि छैन भन्ने बिषयमा ध्यान दिनुपर्छ । यस्तै, तपाईले विजिनेश सुरु गर्न लागेको स्थान वरपर बिजुली, पानी, सडक लगायतका आधारभूत पूर्वाधारको अवस्था के छ भन्ने बिषय पनि बुुझ्नुुपर्छ ।

६.बिस्तारको क्षमता

कतिपय विजिनेश बिस्तारको संभावना नभएकै कारण विफल हुन्छन । तपाईले पनि यो बिषयमा ध्यान दिनुपर्छ कि विजिनेश सुरु भएपछि त्यसको बिस्तारका लागि तपाईसँग क्षमता छ कि छैन । तपाईले समय छँदै आफ्नो व्यवसाय बिस्तार गर्न सक्नुुभएन वा युुगअनुसार अपडेट हुन सक्नुुभएन वा प्रविधिमैत्री बनाउन सक्नुुभएन भने आफ्ना प्रतिस्पर्धीबाट पछाडि पर्नुुहुनेछ । यो गल्तीले कुनै दिन तपाईको व्यवसाय नै बन्द हुनसक्छ ।

७.प्रचारमा कमजोरी

कतिपय मानिस विजिनेश त सुरु गर्छन्, तर त्यसको प्रचार सही ढंगले गर्दैनन् । पहिलाको जमानामा प्रचार–प्रसार गर्नु निकै खर्चिलो काम हुन्थ्यो, तर अहिलेको समयमा प्रचार–प्रसार गर्न निकै सहज छ । डिजिटल यो जमानामा हरेक घरमा स्मार्टफोन पुगिसकेको छ । 

प्रत्येक व्यक्ति कुनै न कुनै रुपमा सामाजिक सञ्जालमा जोडिएको हुन्छ । तपाईले फेसबुुक, ह्वाट्सअप, ट्वीटर जस्ता माध्यमबाट आफ्नो विजिनेशको प्रचार गर्न सक्नुुहुन्छ । तपाईले आफ्नो विजिनेशसँग सम्बन्धित वेबसाइट पनि बनाउन सक्नुुहुनेछ । 

वेबसाइटबाट तपाईले आफ्नो विजिनेशको प्रोडक्ट्स तथा सेवाहरुको बिषयमा आम ग्राहक तथा लक्षित वर्गलाई बताउन सहज हुनेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.