सोमबार, फाल्गुन ११,२०८२ 10:51:49
Bizshala
  • सोमबार, फाल्गुन ११,२०८२ 10:51:49
Bizshala
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकको #DigitalDecember2025 अभियान सुरु

लक्ष्मी सनराइज बैंकको #DigitalDecember2025 अभियान सुरु
Shivam Cement

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको डिजिटल बैंकिङ प्रवर्द्वन गर्ने वार्षिक अभियानको सातौ संस्करण - #DigitalDecember2025 सुरु भएकॊ छ। यस संस्करण “इम्पावरिङ्ग एन्टरप्राइजेज” को नाराका साथदेशव्यापी रूपमा उद्यम डिजिटलाइजेसनमा केन्द्रित रहनेछ ।

डिसेम्बर महिनाभर चल्ने यस अभियानमा बैंकको डिजिटल प्लेटफर्महरूलाई देशभरका व्यवसायहरूको कारोबारको लागि प्राथमिक च्यानलको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । अघिल्ला वर्षहरूका उपभोक्ता-केन्द्रित अभियानहरूबाट यस वर्ष उद्यम-केन्द्रित डिजिटल रूपान्तरणतर्फ एक महत्वपूर्ण फड्को हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नेपालको व्यापार प्रणालीमा लक्षित

डिजिटल डिसेम्बर २०२५ ले घरेलु, साना तथा मझौला उद्यम, कर्पोरेट संघ संस्था तथा प्रतिष्ठान, खुद्रा तथा थोक बिक्रेता, आईटी, वित्त, स्वास्थ्य सेवा, शिक्षा, र आतिथ्य लगायतका सबै क्षेत्रका उद्यमहरूलाई समावेश गर्ने लक्ष्य राखेको छ ।

योअ भियान उद्यमीहरुलाई डिजिटल बैंकिङका माध्यमहरूमा सक्रिय बनाउँदै उच्च-मूल्यको नगद तथा चेक कारोबारलाई डिजिटल च्यानलमा रुपान्तरण गर्ने र API तथा होस्ट-टू-होस्ट कनेक्टिभिटी मार्फत ग्राहकका प्रणालीबाट सिधै भुक्तानी गर्न मिल्ने समाधानहरुका साथै भुक्तानी प्रकृयामा सहजीकरण गर्ने विषयमा केन्द्रित रहने छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस अन्तर्गत बैंकले निम्न बमोजिमका व्यवसायमैत्री डिजिटल सेवाहरुको प्रवर्द्धन गर्दैछ:

  • इ-कमर्शव्यवसायका लागि निर्बाध भिसार मास्टरकार्ड मार्फत भुक्तानी प्राप्त गर्ने माध्यम
  • कर्पोरेट संघसंस्थाका कर्मचारीहरूकोलागि अन कार्ड - भर्चुअलक्रेडिट कार्ड (ON Card) र भिसा क्रेडिटकार्ड सुविधा
  • व्यवस्थितव्यापारिक कारोबारको लागि कर्पोरेटपे (CorporatePay) तथा राष्ट्रिय भुक्तानी इन्टरफेस (NPI) एकीकरण सेवा
  • रियल टाइम भुक्तानीका अलर्टहरू सहित व्यापारिक भुक्तानी प्राप्तीको लागि लक्ष्मीवाणी (QR भ्वाइस बक्स)

यसमा सहभागी हुने उद्यमी तथा व्यवसायीहरुले डिसेम्बर महिनाभरी आफ्नो डिजिटल रूपान्तरण यात्रालाई थप लाभदायी बनाउन विशेष अनबोर्डिङ लाभ, छुट्, विशिष्टिकृत तथा अग्राधिकार सेवा  प्राप्त गर्नेछन्।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.