काठमाण्डौ । आगामी पुस महिनामा हुने नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पार्टीका महामन्त्री गगन थापा सभापति पदमा उठ्ने भएका छन् । थापाले हिमालय टिभीलाई अन्तर्वार्ता दिने क्रममा यस्तो घोषणा गरेका हुन् ।
उनले आफूलाई पार्टी नेतृत्व गर्ने जिम्मेवारी सुम्पिनेमा विश्वस्त रहेको समेत बताए ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ। केन्द्रीय समितिले मंसिर १५ गते महाधिवेशन कार्यतालिका ल्याएको थियो।

