काठमाण्डौ । आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बराल र उप महानिर्देशक अर्जुनप्रसाद भट्टराईलाई सरकारले सरूवा गरेको छ। चैत ८ गते बसेको मन्त्रीपरिषद्को बैठकबाट बराल र भट्टराईलाई सुरूवा गरिएको हो। बराललाई वन तथा वातावरण मन्त्रालयमा सरूवा गरिएको हो ।
महानिर्देशक बरारलाई दुई महिना नबित्दै सुरुवा गरिएको छ । उनलाई गत माघ १९ गतेको निर्णयबाट आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।
त्यस्तै उप महानिर्देशक अर्जुनप्रसाद भट्टराईलाई सामान्य प्रशासन मन्त्रालयमा सरूवा गरिएको छ। रिक्त रहेको पदमा कसलाई नियुक्त गर्नेबारे भने कुनै पनि निर्णय भईसकेको छैन ।
यस्तै सरकारले ढुण्डीप्रसाद निरौला, शिवलाल तिवारी र नारायण सापकोटा गरी तीन जना सह–सचिवलाई अर्थमन्त्रालयमा सरूवा गरेको छ।