बैंकबाटै बीमा, सेयर पोर्टफोलियो र ब्रोकरेज सेवा दिने तयारी, सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति
काठमाण्डौ । सरकारले बैंकका शाखामार्फत बीमा, सेयर पोर्टफोलियो व्यवस्थापन र ब्रोकरेज सेवा प्रवाह गर्न सकिने सम्भाव्यताबारे अध्ययन सुरु गरेको छ।मन्त्रिपरिषद्बाट स्वीकृत पाँचवर्षे ‘वित्तीय क्षेत्र विकास रणनीति’ का आधारमा अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्वसल्लाहकार डा. सञ्जय आचार्यको संयोजकत्वमा विज्ञ समिति गठन गरेको हो।अर्थमन्त्रीस्तरीय निर्णयबाट गठन भएको...

