काठमाण्डौ । अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी नरेन्द्र रानालाई दिइएको छ । उनी २ महिनाअघि भरतपुर महानगरको प्रमुख प्रशासकिय अधिकृतबाट अर्थमा सुरुवा भएका थिए ।
त्यस्तै, प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्य सरुवा भएका छन् । मन्त्रालयले नारायण सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरेको छ । यसअघि उनी प्रशासन प्रमुख रहेका थिए ।
मन्त्रालयले सुशीला अर्याललाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरेको छ भने रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।
अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रहेका सहसचिव रितेशकुमार शाक्यविरूद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।