मंगलवार, कार्तिक ३,२०८३ 05:39:39
  • मंगलवार, कार्तिक ३,२०८३ 05:39:39
Global IME Bank Limited

रसुवागढी जलविद्युत् आयोजनाको एक युनिटबाट फेरि विद्युत् उत्पादन सुरु

Bizshala
रसुवागढी जलविद्युत् आयोजनाको एक युनिटबाट फेरि विद्युत् उत्पादन सुरु
New Office

काठमाण्डौ । बाढी पहिरोले ठूलो क्षति पुर्‍याएको रसुवागढी जलविद्युत् आयोजना आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको नेतृत्वमा निर्माण भएको १११ मेगावाट क्षमताको आयोजनामा शनिबारबाट एक युनिटमार्फत ३७ मेगावाट विद्युत् उत्पादन सुरु गरिएको प्राधिकरणले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

गत असार २४ गते चीनको तिब्बतबाट बग्ने ल्हेन्दे खोलामा आएको भीषण बाढीले आयोजनाको बाँध र हेडवर्क्स क्षेत्रमा व्यापक क्षति पुर्‍याएको थियो। बाढीले काठ, झार, बोटबिरुवा रोक्ने मेसिन, गेटलगायतका उपकरण बगाएको थियो भने हेडवर्क्स क्षेत्रमा ठूला ढुङ्गा थुप्रिएका कारण पानी सुरुङमा पथान्तरण गर्ने संरचनाहरू समेत भत्किएका थिए। त्यस्तै, टेलरेस हुँदै पानी पसेर विद्युत्गृहको तल्लो तलमा रहेको टर्बाइन कक्ष डुबानमा परेको थियो। कर्मचारी आवास क्षेत्र समेत पूर्ण रूपमा नष्ट भएको थियो।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

हेडवर्क्सको मर्मतपछि अस्थायी संरचना बनाई नदीको पानी मोडेर एक युनिट सञ्चालनमा ल्याइएको हो । बाँकी दुई युनिट एक महिनाभित्र सञ्चालनमा ल्याइनेछ भने हेडवर्क्स क्षेत्रको स्थायी पुनर्निर्माण आगामी वर्षायामअघि सम्पन्न गरिने जनाइएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.