रसुवागढी हाइड्रोपावर कम्पनीमा सीईओ पदका लागि आवेदन खुला
काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति गर्न आवेदन आह्वान गरेको छ। कम्पनीले योग्य, सक्षम तथा अनुभवी नेपाली नागरिकबाट १५ दिनभित्र दरखास्त पेश गर्न सूचना प्रकाशित गरेको हो।सीईओको नियुक्ति करार सेवाअन्तर्गत हुनेछ भने कार्यकाल प्रारम्भिक रूपमा चार वर्षको रहने उल्लेख गरिएको छ।

