काठमाण्डौ । रसुवागढी जलविद्युत आयोजनाबाट व्यापारीक उत्पादन सुरु भएको छ । रसुवागढी हाईड्रोपावर कम्पनी अन्तर्गत रसुवा जिल्लाको टिमुरेमा निर्माण सम्पन्न १११ मेगावाट क्षमताको उक्त आयोजनाबाट पुस १६ गतेदेखि व्यापारीक उत्पादन सुरु भएको हो ।
आयोजनाबाट उत्पादित विद्युतको नेपाल विद्युत प्राधिकरणसंग भएको विद्युत खरीद बिक्री सम्झौताबमोजिम उत्पादन सुरु भएको कम्पनीले जनाएको छ ।