मंगलवार, आश्विन १३,२०८३ 09:35:43
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:35:43
Bizshala
Global IME Bank Limited

रसुवागढी हाइड्रोपावर कम्पनीमा सीईओ पदका लागि आवेदन खुला

Bizshala
रसुवागढी हाइड्रोपावर कम्पनीमा सीईओ पदका लागि आवेदन खुला
New Office

काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति गर्न आवेदन आह्वान गरेको छ। कम्पनीले योग्य, सक्षम तथा अनुभवी नेपाली नागरिकबाट १५ दिनभित्र दरखास्त पेश गर्न सूचना प्रकाशित गरेको हो।

सीईओको नियुक्ति करार सेवाअन्तर्गत हुनेछ भने कार्यकाल प्रारम्भिक रूपमा चार वर्षको रहने उल्लेख गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उम्मेदवारले इलेक्ट्रिकल, मेकानिकल वा सिभिल इन्जिनियरिङ अथवा व्यवसाय प्रशासनमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ। 

वैकल्पिक रूपमा सम्बन्धित इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा १२ वर्षको व्यावसायिक अनुभव भएका उम्मेदवार पनि आवेदन दिन योग्य हुनेछन्।

कम्पनीले जलविद्युत् आयोजना निर्माण तथा सञ्चालन व्यवस्थापनमा वरिष्ठ तहको अनुभव भएका तथा जलविद्युत् कम्पनीमा सीईओ वा समकक्ष नेतृत्वदायी भूमिकामा काम गरिसकेका उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ। साथै, आवेदन दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ४० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ।

इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित कम्पनीको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा वा कम्पनीले तोकेको इमेलमार्फत आवेदन पेश गर्न सक्नेछन्। आवेदन फाराम तथा विस्तृत कार्यक्षेत्र कम्पनीको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.