मंगलवार, मंसिर २३,२०८२ 11:43:39
Bizshala
  • मंगलवार, मंसिर २३,२०८२ 11:43:39
Bizshala
Global IME Bank Limited
Bizshala

हिरासतमुक्त गरी अशोक शेरचनलाई पुनः प्रभू बैंकको सीईओमा फर्काउने भित्री खेल, मतियार को-को ?

Hyundai Nepal
हिरासतमुक्त गरी अशोक शेरचनलाई पुनः प्रभू बैंकको सीईओमा फर्काउने भित्री खेल, मतियार को-को ?
Shivam Cement

तस्विर क्रेडिट: एआई

 

 

काठमाण्डौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले अनुसन्धानको अपरेशन चलाएको प्रभू बैंक लिमीटेडमा प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई सकेसम्म चाँडो हिरासतमुक्त गरी पुनः नेतृत्वमा फर्काउने खेल सुरु भएको छ ।  

हाल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट निलम्बनमा रहेका शेरचनसहित नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल लगायत उच्चपदस्थ कर्मचारी प्रहरीको हिरासतमा छन् । 

CG Motors
Garima Development Bank
IME remit

पछिल्लो पटक आइतबार अदालतले उनीहरुविरुद्धको अनुसन्धान गरिरहेको प्रहरीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । यसको अर्थ बिहीबारसम्म उनीहरु हिरासतमै रहनेछन् । तर त्यसपछि भने हिरासतमुक्त गर्ने गरी पर्दा पछाडि विभिन्न चलखेल भइरहेका उच्च स्रोतहरुले जनाएका छन् । त्यसअघि उनीहरुलाई पहिलोपटक ५ दिन र दोश्रोपटक २ दिन हिरासतमा राख्ने गरी अदालतले स्वीकृति दिएको थियो ।  

पछिल्लो समय सीईओ शेरचन लगायतका तीन उच्चपदस्थलाई हिरासतमुक्त गरी बैंकमै फर्काउने गरी हालको सञ्चालक समिति समेत सक्रिय रहेको बुझिएको छ । सञ्चालक समितिका अध्यक्ष किशोरजंग कार्कीले सीईओ डिसीईओ पक्राउ परेको भोलिपल्ट कर्मचारीसँग कुरा गर्दै शेरचन फेरि हिरासतमुक्त भएर फर्किने र नेतृत्वमा रहने संकेत गरेका थिए । त्यसबेला उनको त्यो अभिव्यक्तिको मुख्य प्रमोटरहरुबाटै आलोचना भएको थियो । तर त्यसपछिका दिनहरुमा समेत उनले राष्ट्रबैंकदेखि अन्य पावर सेन्टरहरुमा त्यही लाइनको लविङ गरिरहेका आरोप लागेको छ।  

यसअघि सेञ्चुरी कमर्सियल बैंक प्रभू बैंकमा गाभिएपछि तत्कालीन वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपाने लगायतलाई समेत बैंकिङ कसूरअन्तर्गत सीआईबीले केही साता हिरासतमा राखेको थियो । प्रहरीको हिरासतबाट मुक्त भएलगत्तै न्यौपाने लगायतले पुरानै जिम्मेवारीमा बैंकमा आएर काम गरेका थिए । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

प्रभू बैंकको सञ्चालक समिति, केही उच्चपदस्थ कर्मचारी अहिले त्यही लाइनमा देखिएका छन् । कामू सीईओ निरज लम्साल समेत न्यौपानेहरुकै शैलीमा हिरासतमुक्त भएपछि सीईओ शेरचन फेरि नेतृत्वमा फर्कन मिल्छ भन्दै खुल्ला वकालतमा उत्रिएका छन् ।  

कामू सीईओ लम्सालदेखि सञ्चालक समिति तथा केही प्रमोटरहरु अशोक शेरचनलाई छिटोभन्दा छिटो हिरासतमुक्त गरी पुनः प्रभू बैंकको नेतृत्वमै फर्काउने अभियानमा लागेका देखिएको छ ।  

'सञ्चालक समितिका अध्यक्ष कार्की र कामू सीईओ लम्सालले आफू निकटस्थहरुसँगको छलफलमा राष्ट्रबैंक पनि हिरासतमुक्त भएर अशोक शेरचनलाई पुनः सीईओको रुपमा काम गर्न दिने पक्षमा रहेको भन्न थालेका छन् ।' बैंकस्थित उच्च स्रोतले भन्यो-' अनुसन्धान नै नसकिएको अवस्था र पक्राउ परेकाहरु निर्दोष साबित नभई के आधारमा पुनः बैंकको जिम्मेवारीमा फर्काउन मिल्छ भनेर उहाँहरु लागिरहनुभएको हो कुन्नि, हामी आफैं अचम्भित छौं ।'  

कानूनतः फौजदारी अभियोगमा पक्राउ परेको दिनदेखि नै सीईओ शेरचन र डिसीईओ मणिराम पोखरेल स्वतः निलम्बनमा छन् । उनीहरु निर्दोष साबित नभई वा हिरासतमुक्त भएकै कारण मात्र पुनः पदमा फर्किन मिल्दैन ।  

प्रभू बैंकका सञ्चालक र उच्च पदस्थहरु नेतृत्वमा फेरि पनि शेरचन र पोखरेल नै फर्किउन् भन्ने चाहना राख्छन् भन्ने कुरा उनीहरुले अपडेट नगरेको बैंकको आधिकारिक वेबसाइटले पनि संकेत गर्छ । बैंकको वेबसाइटमा हाल निलम्बनमा रहेका बैंकका सीईओ र डिसीईओको विषयमा कुनै पनि कुरा उल्लेख गरिएको छैन । उनीहरुलाई अझै पनि बैंकको सीईओ र डिसीईओ नै भनी प्रोफाइल(फोटोसहित) यथावत राखिएको छ ।

बैंक हाल कामू सीईओ निरज लम्सालले चलाइरहेका छन् । तर, त्यो विषय वेबसाइटमा उल्लेख गरिएको छैन  । लम्साललाई अझै पनि चिफ रिकभरि अफिसरकै रुपमा मात्र स्थान दिइएको छ ।  

कर्मचारीहरुले वेबसाइटमा पब्लिक गर्नुपर्ने अत्यन्त जरुरी सूचना नै अपडेट नगर्नुले पनि उच्च पदस्थ र सञ्चालकहरु अझै पनि शेरचन नेतृत्वलाई नै बैंक सुम्पिने योजनामा छन् भन्ने देखिने दाबी गर्छन् ।  

प्रभू बैंकका सञ्चालक समितिका अध्यक्ष किशोरजंग कार्कीले भने बाहिर हल्ला चलेजस्तो भावी नेतृत्वमा शेरचनलाई नै ल्याउने वा बाहिरबाट नेतृत्वमा कसैलाई ल्याउने भन्ने विषयमा कुनै छलफल नै नभएको दाबी गरे । 'हामीले बैंकलाई तत्काल चलाउनका लागि कामू सीईओ तोकिसकेका छौं । दैनिक प्रशासनिक कामकाज स्मूथ्ली नै चलिरहेको छ ।' उनले भने-' अहिले नै पुरानै नेतृत्व ल्याउने वा बाहिरबाट कोहीलाई नेतृत्वको रुपमा ल्याउने भन्ने विषयमा हामीले छलफल गरेका छैनौं । अर्को हिसाबले भन्दा यो विषय अहिले हाम्रो प्राथमिकतामा छैन ।'  

नेक्स्ट स्टोरी: प्रभू बैंकमा रश्मीलाई सीईओ बनाउने शेरचन समूहको 'प्लान बी', राष्ट्रबैंक पनि सकारात्मक भन्दै प्रचारबाजी

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.