शुक्रबार, असार २६,२०८३ 10:19:32
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 10:19:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रभू बैंकका सीईओ अशोक शेरचनसहितलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

Laxmi Sunrise Bank Limited
प्रभू बैंकका सीईओ अशोक शेरचनसहितलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डौ । प्रभु बैंकका कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई थप पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले सोमबार आदेश दिएको छ ।  

योसँगै उनीहरु अब अझै पाँच दिन हिरासतमै रहनेछन् । मंसिर १४ गते सीआईबीले पक्राउ गरेका उनीहरुलाई पहिलोपटक ५ दिन, त्यसपछि २ दिन, त्यसपछि ३ दिन र ५ दिन म्याद थप गरेर हिरासतमा राखिएको थियो । आज पाँचौ पटक पुनः ५ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न आदलतले प्रहरीलाई अनुमति दिएको हो ।  

New Office
CG Motors
Garima Development Bank

मंसिर १४ गते आइतबार शेरचनसहित बैंकका तीन उच्च पदस्थलाई  पक्राउ गरिएको थियो। तीनैजनामाथि बैंकिंग कसूर र किर्ते लगायतका कसूरमा अनुसन्धान भइरहेको छ ।  

उनीहरुसँग मिलेर प्रभू बैंकको लोन दुरुपयोग गरी बैंकलाई नोक्सानी पुर्याएको आरोपमा गुण समूहका अध्यक्ष तथा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई मंसिर १७ गते पक्राउ गरिएको थियो । उनीमाथि पनि पाँच दिन म्याद थपिएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि सीआईबीले कर्जा अपचलनसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ। 

करीब १ अर्ब रुपैयाँ ठगी सम्बन्धी जाहेरी प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको बताइएको छ। 

प्रहरीले कात्तिक ११ गते भट्टचनलाई नियन्त्रणमा लिएको थियो भने कात्तिक २२ गते बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो। 

अध्यक्ष भट्टचन चाहि सरकारी वकिलको कार्यालयको आदेशमा हाजिरी जमानीमा छुटिसकेका छन् । 

बैंकको यही प्रकरणमा संलग्न रेमिटान्स विभाग प्रमुख सुजित शाक्यलाई समेत सीआईबीले पक्राउ गरिसकेको छ ।  

 

प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तलाई भने आइतबार पक्राउ गर्न गएको प्रहरी रित्तै हात फर्किएको थियो । पन्त हिजैदेखि फरार छिन् । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.