बुधबार, फाल्गुन ६,२०८२ 04:21:56
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 04:21:56
Bizshala
Global IME Bank Limited

प्रभू बैंकका निलम्बित सीईओ २ दिनदेखि अस्पतालमा: पेटको समस्या देखाएर भर्ना भए, नशाको समस्या थपेर बसाई लम्ब्याउँदै

प्रभू बैंकका निलम्बित सीईओ २ दिनदेखि अस्पतालमा: पेटको समस्या देखाएर भर्ना भए, नशाको समस्या थपेर बसाई लम्ब्याउँदै
Shivam Cement

काठमाण्डौ । प्रभू बैंकका निलम्बित प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पुरानो स्वास्थ्य समस्यालाई देखाएर अस्पतालको बसाई लम्ब्याउनतर्फ लागेका देखिएको छ ।  

उनी धेरै समयअघिदेखि नशाको समस्याका कारण प्रताडित थिए । यहीकारण हिँड्दा समेत उनलाई सहज देखिदैन थियो । बैकिंग कसूर, जालसाजी र किर्ते लगायत फौजदारी अभियोगमा समेत अनुसन्धानको क्रममा प्रहरी हिरासतमा मंसिर १४ गतेदेखि लगातार बसिरहेका उनले पछिल्लो समय यही पुरानो समस्या देखाएर अस्पतालको बसाई लम्ब्याउने काम गरिरहेका आरोप लागेको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)का प्रवक्ता शिव श्रेष्ठका अनुसार 'पेटमा गडबडी भयो' भनेर उनलाई २ दिनअघिदेखि नै अस्पताल भर्ना गरिएको थियो । चिरायू अस्पतालमा भर्ना गरिएका उनको पेटसम्बन्धी समस्या समाधान भए पनि चिकित्सकले नशाको समेत  समस्या देखाएपछि अस्पताल बसाई लम्बिएको श्रेष्ठको भनाई छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

'पहिला पेटको समस्या भएर अस्पताल लैजानुपरेको थियो । त्यो समाधान भएपछि डाक्टरहरुले नशा लगायतका समस्या देखाएर अस्पतालमै राख्न भने ।' श्रेष्ठले भने-'चिकित्सकले नै अस्पताल राख्नु भनेपछि हामीले जबरजस्ती हिरासतमा ल्याउन पनि मिल्दैन ।'  

चिसो मौसममा काठमाण्डौको हिरासतमा बस्दा उनको नशा सम्बन्धी पुरानो समस्या फेरि बल्झिएको हुनसक्ने उनीनिकट स्रोतले जनाएको छ ।  

तर, प्रहरी हिरासतको बसाई छल्न बिरामी भएको भन्दै अस्पतालमा बस्ने प्रवृति नेपालमा नौलो भने होइन ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.