काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले ग्लोबल मनि विकको अवसरमा विभिन्न वित्तीय कार्यक्रमको आयोजना गरेको छ । री गत मार्च १८ देखि २४ सम्म आयोजना भएको ग्लोबल विकका अवसरमा बैंकले सबै प्रदेशमा बित्तीय साक्षरता कार्यक्रमा सञ्चालन गरेको हो ।
यसै सन्दर्भमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ स्वयम उपस्थित भई कृषि बिकास बैंक लि. कोशी प्रदेशको आयोजनामा हरिनगरा माध्यमिक विद्यालय, हरिनगरमा चैत ६ गते वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका थिए ।
विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृतले वित्तीय साक्षरता कार्यक्रममा, वित्तीय साक्षरताका सम्वन्धमा बैंक, विद्युतिय बैंकिंग सेवा, क्रिप्टो करेन्सी,नगदरहित,पेपरलेस बैंकिङ सेवाहरु, बेलैमा बचत गर्ने बानीको बिकास,कर्जा, निक्षेप, एजेन्सी सेवा लगायत, बचतको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारिक खर्चको लेखापालन जस्ता विषयका सम्वन्धमा जानकारी गराउनुका साथै आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका,आम्दानीको बढी अंश बचत गरेर उत्पादनमुलक क्षेत्रमा लगाउनु पर्ने बारे प्रकाश पारेका थिए ।
साथै, उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले हरिनगरा क्षेत्रका कर्जा ग्राहकहरुसँग कृषि बिकास बैंकले प्रदान गर्दे आएको सेवा सम्वन्धमा जानकारी समेत लिएका थिए । बैंकका उपमहाप्रबन्धकहरु प्रताप सुबेदी, बाबुकाजी थापा, यज्ञ प्रकाश न्यौपाने, दीर्ध बहादुर अर्याल र प्रेम कुमार श्रेष्ठको उपस्थितिमा बैंकका प्रदेश कार्यलयहरुले चैत्र ५ देखी ११ गतेसम्म सामुदायिक विद्यालय लगायत विभिन्न २४ स्थानहरुमा वित्तीय सारक्षता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । सो कार्यक्रमबाट करिव ५ हजार ६०० छात्रछात्रा लाभान्वित भएको बैंकले उल्लेख गरेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                