बिहीबार, फाल्गुन ७,२०८२ 12:52:38
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 12:52:38
Bizshala
Global IME Bank Limited

सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न, विभिन्न कार्यक्रमको आयोजना

सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न, विभिन्न कार्यक्रमको आयोजना
Shivam Cement

काठमाण्डौ । १७ औँ वाणिज्य बैंकको रुपमा २०५९ सालमा स्थापना भएको सिद्धार्थ बैंकले आफ्नो स्थापनाकालको २३ औँ वर्ष पुरा गरेको छ । बैंक संचालनको २३ वर्ष पूरा भएको अवसरमा बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा कामु प्रमुख कार्यकारी अधिकृत लगायत बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको छ ।

यसैगरी बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । यस अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रमका साथै बैंकमा कार्यरत रहि १५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुको योगदानलाई कदर गर्दै उनीहरुलाई सम्मान पनि गरेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यहि अवसरमा बैंकले देशका विभिन्न स्थानहरु; विराटनगर, दमक, वीरगंज, सिमरा, जनकपुर, हात्तीसार, नारायणगढ, पोखरा, भैरहवा, सुर्खेत र धनगढी गरी एघार स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथै, ग्राहक महानुभावहरु एवं स्थानीयवासीहरु (४३४ पुरुष र ५४ महिला) गरी जम्मा ४८८ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।

बैंकले आफ्नो २३ वर्षे यात्रालाई स्मरण गर्दै आयोजना गरिएका यी कार्यक्रमहरुले संस्थागत एकता, कर्मचारीहरुको मनोबल अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वप्रति बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाउने लक्ष्य लिएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.