काठमाण्डौ । सरकारले वीरगञ्ज, त्रिभुवन विमानस्थल, भैरहवा र मेची भन्सार कार्यालयका प्रमुखहरूमा जिम्मेवारी हेरफेर गरेको छ। त्रिभुवन विमानस्थल भन्सारको प्रमुखमा वीरगञ्ज भन्सारमा कार्यरत विष्णुप्रसाद ज्ञवालीलाई नियुक्त गरिएको छ।
यसअघि त्रिभुवन विमानस्थल भन्सार प्रमुख रहेका टंक लम्साललाई मन्त्रालयमा सरूवा गरिएको छ। वीरगञ्ज भन्सारको प्रमुखमा अर्थ मन्त्रालयमा कार्यरत कृष्ण मैनालीलाई जिम्मेवारी दिइएको छ।
भैरहवा भन्सारको प्रमुखमा मेची भन्सारमा कार्यरत हरपहर पौडेललाई सरूवा गरिएको छ। त्यस्तै, मेची भन्सारको प्रमुखमा भैरहवा भन्सारमा कार्यरत शिवलाल न्यौपानेलाई जिम्मेवारी दिइएको छ।
सरकारको यो निर्णयले भन्सार कार्यालयहरूमा नेतृत्वको स्थायित्व र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्य राखिएको बताइएको छ।

