सोमबार, श्रावण १८,२०८३ 03:35:52
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:35:52
Bizshala
Global IME Bank Limited

क्रिप्टो एक्सचेञ्ज फर्मका मालिकलाई २५ वर्ष जेल सजाय, ८ अर्ब डलरभन्दा बढी क्रिप्टो फ्रड गरेको आरोप

क्रिप्टो एक्सचेञ्ज फर्मका मालिकलाई २५ वर्ष जेल सजाय, ८ अर्ब डलरभन्दा बढी क्रिप्टो फ्रड गरेको आरोप
New Office

काठमाण्डौ । पाट पल्टिएको क्रिप्टो एक्सचेञ्ज फर्म,एफटीएक्सका सह–संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको जेतल सजाय सुनाइएको छ । बैंकम्यानमाथि क्रिप्टो फ्रड गरेर ग्राहकहरुको पैसा चोरेको र लगानीकर्तालाई ठगेको आरोप लागेको छ ।  

यो मुद्धामा बैंकम्यानका ३ जना साथीलाई समेत दोषि ठहराइएको छ । बैंकम्यानलाई सन् २०२२ डिसेम्बरमा बहमासबाट पक्राउ गरिएको थियो । पक्राउ परेपछि उनलाई अमेरिका सुपुर्दगी गरिएको थियो । उनलाई सन् २०२३ मा लगानीकर्ता तथा ग्राहकको ८ अर्ब डलरभन्दा बढी रकम हिनामिना गरेकोमा दोषी पाइएको थियो ।  

यो घटनालाई अमेरिकी इतिहासमा सबैभन्दा ठूलो घोेटालामध्ये एक मानिएको छ । बैंकम्यान पक्राउ परेपछि अमेरिकी सेयर बजारमा भारी गिरावट आएको थियो । कुनैबेला एफटीएक्स विश्वको सबैभन्दा दोस्रो ठूलो क्रिप्टो एक्सचेञ्ज फर्मका रुपमा रहेको थियो ।  

बैंकम्यानलाई अमेरिकाको म्यानहटन डिस्ट्रक कोर्टले सजाय सुनाएको हो । अदालतले उनको ११ अर्ब डलर सम्पत्ति जफत गर्ने निर्णय गर्दै उनलाई सान फ्रान्सिस्को क्षेत्रको एउटा मध्यम सुरक्षा भएको जेलमा राख्न निर्देशन दिइएको छ ।  

अभियोजनकर्ताले बैंकम्यानलाई ४० देखि ५० वर्षको सजायको माग गरेका थिए । यो घटनाले विश्वका कयौ संस्थाहरु प्रभावित बनेका थिए । जसका कारण १० अर्ब डलरभन्दा बढीको क्षती भएको जनाइएको छ ।  

सोयटर्सको रिपोर्टका अनुसार बैंकम्यानले आफ्नो ट्रेडिङ आर्म अल्मेडामा गोप्य रुपमा एफटीएक्सबाट १० अर्ब डलर कस्टमर फण्ड ट्रान्सफर गरेका थिए । अल्मेडाले यो फण्डको उपयोग ट्रेडिङका लागि गर्ने गर्थ्यो ।  

जब ट्रेडिङमा यो फर्मलाई घाटा लाग्यो तब,क्रिप्टो क्वाइनडेक्सले एउटा ब्लायलेन्स शीट सार्वजनिक गर्यो । यो रिपोर्ट बाहिरिएपछि एफटीएक्समा उथलपुथल आयो । एफटीएक्समा तीन दिनमा करिब ६ अर्ब डलरको विथड्रल रिक्वेस्ट आएको थियो । अचानक यति ठूलो मात्रामा आएको विथड्रल रिक्वेस्टले कम्पनीमा लिक्वीडीटी क्रन्च आएको थियो । यसपछि उनले टाट पल्टिएको भन्दै आवेदन दिएका थिए ।  

यो प्रकरण बाहिरिएपछि  बैंकम्यानको १६ अर्ब डलरको सम्पत्ति केहि दिनमा नै शुन्यमा झरेको थियो । एक समय उनको सम्पत्ति २६ अर्ब डलरसम्म पुगेको थियो ।  -एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.