सोमबार, असार २,२०८२ 05:08:01
  • सोमबार, असार २,२०८२ 05:08:01
Global IME Bank Limited

क्रिप्टो एक्सचेञ्ज फर्मका मालिकलाई २५ वर्ष जेल सजाय, ८ अर्ब डलरभन्दा बढी क्रिप्टो फ्रड गरेको आरोप

Hyundai Nepal
क्रिप्टो एक्सचेञ्ज फर्मका मालिकलाई २५ वर्ष जेल सजाय, ८ अर्ब डलरभन्दा बढी क्रिप्टो फ्रड गरेको आरोप
Nabil Bank Limited

काठमाण्डौ । पाट पल्टिएको क्रिप्टो एक्सचेञ्ज फर्म,एफटीएक्सका सह–संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको जेतल सजाय सुनाइएको छ । बैंकम्यानमाथि क्रिप्टो फ्रड गरेर ग्राहकहरुको पैसा चोरेको र लगानीकर्तालाई ठगेको आरोप लागेको छ ।  

यो मुद्धामा बैंकम्यानका ३ जना साथीलाई समेत दोषि ठहराइएको छ । बैंकम्यानलाई सन् २०२२ डिसेम्बरमा बहमासबाट पक्राउ गरिएको थियो । पक्राउ परेपछि उनलाई अमेरिका सुपुर्दगी गरिएको थियो । उनलाई सन् २०२३ मा लगानीकर्ता तथा ग्राहकको ८ अर्ब डलरभन्दा बढी रकम हिनामिना गरेकोमा दोषी पाइएको थियो ।  

यो घटनालाई अमेरिकी इतिहासमा सबैभन्दा ठूलो घोेटालामध्ये एक मानिएको छ । बैंकम्यान पक्राउ परेपछि अमेरिकी सेयर बजारमा भारी गिरावट आएको थियो । कुनैबेला एफटीएक्स विश्वको सबैभन्दा दोस्रो ठूलो क्रिप्टो एक्सचेञ्ज फर्मका रुपमा रहेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकम्यानलाई अमेरिकाको म्यानहटन डिस्ट्रक कोर्टले सजाय सुनाएको हो । अदालतले उनको ११ अर्ब डलर सम्पत्ति जफत गर्ने निर्णय गर्दै उनलाई सान फ्रान्सिस्को क्षेत्रको एउटा मध्यम सुरक्षा भएको जेलमा राख्न निर्देशन दिइएको छ ।  

अभियोजनकर्ताले बैंकम्यानलाई ४० देखि ५० वर्षको सजायको माग गरेका थिए । यो घटनाले विश्वका कयौ संस्थाहरु प्रभावित बनेका थिए । जसका कारण १० अर्ब डलरभन्दा बढीको क्षती भएको जनाइएको छ ।  

सोयटर्सको रिपोर्टका अनुसार बैंकम्यानले आफ्नो ट्रेडिङ आर्म अल्मेडामा गोप्य रुपमा एफटीएक्सबाट १० अर्ब डलर कस्टमर फण्ड ट्रान्सफर गरेका थिए । अल्मेडाले यो फण्डको उपयोग ट्रेडिङका लागि गर्ने गर्थ्यो ।  

जब ट्रेडिङमा यो फर्मलाई घाटा लाग्यो तब,क्रिप्टो क्वाइनडेक्सले एउटा ब्लायलेन्स शीट सार्वजनिक गर्यो । यो रिपोर्ट बाहिरिएपछि एफटीएक्समा उथलपुथल आयो । एफटीएक्समा तीन दिनमा करिब ६ अर्ब डलरको विथड्रल रिक्वेस्ट आएको थियो । अचानक यति ठूलो मात्रामा आएको विथड्रल रिक्वेस्टले कम्पनीमा लिक्वीडीटी क्रन्च आएको थियो । यसपछि उनले टाट पल्टिएको भन्दै आवेदन दिएका थिए ।  

यो प्रकरण बाहिरिएपछि  बैंकम्यानको १६ अर्ब डलरको सम्पत्ति केहि दिनमा नै शुन्यमा झरेको थियो । एक समय उनको सम्पत्ति २६ अर्ब डलरसम्म पुगेको थियो ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.