आईतवार, फाल्गुन ३,२०८२ 06:05:09
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 06:05:09
Bizshala
Global IME Bank Limited

उद्योग दर्तादेखि सञ्चालनसम्म एकद्धार प्रणाली कार्यान्वयन गर्न चेम्बरको सुझाव

उद्योग दर्तादेखि सञ्चालनसम्म एकद्धार प्रणाली कार्यान्वयन गर्न चेम्बरको सुझाव
Shivam Cement

काठमाण्डौ । उद्योगको दर्ता प्रक्रीयादेखि सञ्चालनमा ल्याउ“दासम्म एकद्धार प्रणाली कार्यान्वयन गर्न नेपाल चेम्बर अफ कमर्सले उद्योग वाणिज्य तथा आपूूर्तिमन्त्री अनिलकुुमार सिन्हाको ध्यानाकर्षण गराएको छ ।

मुुलुकमा औद्योगिक तथा व्यवसायिक वातावरण निर्माणका लागि नीतिमा सहजिकरण  हुुनुुपर्ने चेम्बरको धारणा छ । काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मन्त्री सिन्हा समक्ष चेम्बरले स्थानीय तह, प्रदेश र संघबीचको अधिकार क्षेत्र स्पष्ट गरी दोहोरो कर र अनुुमतिपत्र हटाउने व्यवस्थाका लागि पहल गर्न समेत आग्रह गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुुमार अग्रवालले औद्योगिक र व्यवसायिक वातावरण निर्माणसँगै उद्यमी व्यवसायीहरुको मनोवल उकास्नका लागि सुरक्षाको प्रत्याभूति आवश्यक रहेकोमा जोड दिए ।

यसका लागि अविलम्ब बीमाको बिस्तृत दायरा समेटेर आन्तरिक लगानी प्रवद्र्धन एवं सुरक्षा नीति ल्याउनुुपर्ने बताए ।

रेमिट्यान्सलाई उत्पादन मुखी अर्थतन्त्रमा ल्याउन सरकारी नीति स्पष्ट हुुनुुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नेपालको औद्योगिक क्षमता उपयोग खस्किएको प्रति अध्यक्ष अग्रवालले मन्त्री सिन्हाको ध्यानाकर्षण गराए । उनले भने, ‘नेपाल राष्ट्रबैंकले हालै सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदन अनुसार ०८१/०८२ मा नेपालको औषत औद्योगिक क्षमता उपयोग ४४.५% मा सिमित भएको छ ।  अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा औसत क्षमता उपभोग ४८.३% रहेको थियो ।’

उद्योग व्यापार र लगानी सम्बनधी नीतिहरुमा वारबार परिवर्तन नहुुने स्पष्ट प्रतिवद्धता सरकारबाट आउनुुपर्नेमा उनको भनाई छ । आर्थिक कुुटनीतिको माध्यामबाट विश्वबजारहरुको खोजी गरिनुुपर्ने र निर्यातकर्तालाई निर्यात अनुुदानको सुुनिश्चितता गर्नुुपर्ने अध्यक्ष अग्रवालले बताए ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

चेम्बर पदाधिकारीहरुसंगको भेटवार्तामा उद्योग वाणिज्य तथा आपूूर्तिमन्त्री सिन्हाले मुुलुुकभित्र औद्योगिक र व्यवसायिक वातावरण निर्माणका लागि सहजीकरणको प्रयास भईरहेको बताए । निजी क्षेत्र र आम सेवाग्राहीलाई प्रसाशनिक र नीतिगत झण्झट कम गर्नका लागि सरकारले प्रयास गरिरहेको मन्त्री सिन्हाको भनाई छ ।

निर्यात अनुुदानमा लागेको बन्देज खुुलाउनका लागि प्रयास भईरहेको मन्त्री सिन्हाले बताए । बजार अनुुगमनमा नाममा व्यवसायीलाई दुुःख दिन नहुुनेमा सरकार सजग रहेको र स्वदेशी लगानी सुुरक्षाका लागि सरकारले गम्भिरताका साथ काम गरिरहेको बताए । मन्त्री सिन्हाले आद्यौगिक वातावरण सहज बनाउन सरकार प्रतिवद्ध रहेको समेत बताए ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.