बुधबार, भाद्र ३,२०८३ 08:50:26
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 08:50:26
Bizshala
Global IME Bank Limited

एआई नीतिलाई उद्यमशिलता विकास र रोजगारी सिर्जनामा प्रयोग गरौं: चेम्बर

एआई नीतिलाई उद्यमशिलता विकास र रोजगारी सिर्जनामा प्रयोग गरौं: चेम्बर
New Office

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्समा कृत्रिम बौद्धिकता एआई नीति र औद्योगिक विकास मार्फत नेपालको डिजिटल भविश्यबारे बृहत अन्तरक्रिया सम्पन्न भएको छ । काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा सञ्चार तथा सूूचना प्रविधिमन्त्री जगदिश खरेलको उपस्थितीमा सूचना प्रविधि क्षेत्रका दुुई दर्जन बढी संघसंस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।

नेपालमा एआई प्रविधीको प्रभावकारी उपयोग, नीतिगत स्पष्टता र कानूूनी सहजता मार्फत डिजितल भविश्य निर्माण गर्न सरकार निजी क्षेत्र र सरोकारवाला निकायबीच साझा समझदारी आवश्यक रहेको सरोकारवालाले बताएका छन ।

सो कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले देशको सुुशासनका लागि आईटीको विकास महत्वपूर्ण भएको बताए । सरकारी सेवालाई चुुस्त र प्रभावकारी बनाउन एवं आर्थिक पारदर्शिताका लागि पनि आईटीको विकास महत्वपुुर्ण हुने उनको भनाई छ ।

Bizshala
CG Motors

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुुमार अग्रवालले एआई केवल प्रविधिको विषय मात्र नभई आर्थिक पारदर्शिता, उद्यमशिलता प्रवद्र्धन र रोजगारी सिर्जनाको महत्वपुुर्ण आधार बन्दै गएको बताए । डिजिटल रुपान्तरण मार्फत सार्वजनिक सेवालाई प्रभावकारी बनाउने, व्यवसायिक लागत घटाउने र निर्णय प्रक्रीयामा पारदर्शिता ल्याउन एआईको भूूमिका महत्वपूर्ण हुने अध्यक्ष अग्रवालको भनाई छ ।

अध्यक्ष अग्रवालले एआईको माध्यामबाट कृषि, स्वास्थ्य, शिक्षा, वित्त, ऊर्जा तथा सार्वजनिक सेवामा गुणस्तर सुधार गर्दै सिमित श्रोतबाट अधिकतम उपलव्धी हासिल गर्नुुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सले सरकार र निजी क्षेत्रबीच विश्वसनीय पुुलको भूूमिका निर्वाह गर्दै एआई नीति निर्माण र कार्यन्वयनमा निरन्तर सहकार्य गर्ने अध्यक्ष अग्रवालले प्रतिवद्धता जनाए ।

कार्यक्रममा चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आईटीको विकास मार्फत दिगो आर्थिक विकास गर्नुुपर्ने बताए । उनले सार्वजनिक निजी साझेदारी मार्फट आईटी क्षेत्रको विकास गर्न सकिए युवाहरुको वैदेशिक पलायन रोक्न सकिने बताए ।

कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले नेपालमा एआई नीतिको प्रभावकारिता, कानूूनी जटिलता, डेटा सुुरक्षा, साईबर जोखिम जस्ता विषयमा धारणा राखेका थिए ।

सो क्रममा चेम्बरको आईटी, सफ्टवेयर र टेक्नोलोजी समिति तथा युुनियन अफ इन्फरमेशन कम्युुनिकेशन एण्ड टेक्नोलोजी नेपालबीच सूूचना प्रविधी र एआईको क्षेत्रमा सहकार्य गर्ने सम्वन्धमा सम्झौता समेत भएको छ । सम्झौतामा चेम्बर आईटी समिति सभापति विज्ञान श्रेष्ठ र युुनियन अफ इन्फरमेशन कम्युुनिकेशन एण्ड टेक्नोलोजीका तर्फबाट महासचिव कुुशल रेग्मीले हस्ताक्षर गरे ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.