काडमाण्डौ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा चोरी, आगजनी र तोडफोडबाट कुल २ अर्ब ८१ करोडभन्दा बढीको नगद तथा बहुमूल्य वस्तु नष्ट भएको प्रतिवेदनले देखाएको छ।
विशेष गरी, नगदको ठूलो भाग आगजनीबाट नष्ट भएको छ भने बहुमूल्य धातु जस्तै सुन, चाँदी, हिरा र मोतीमा चोरीबाट ठूलो क्षति पुगेको छ। निजी प्रतिष्ठानले व्यहोरेको क्षतिको मात्र २.६ प्रतिशत भएपनि, घरपरिवार र समुदायका लागि यो ठूलो आर्थिक धक्का सावित भएको छ।
प्रतिवेदनअनुसार, घरपरिवारमा सुन, चाँदी, हिरा र मोतीमा रु ७५ करोड, नगदमा रु १२ करोड र अन्य बहुमूल्य वस्तुमा रु ७ करोड बराबरको नोक्सानी भएको छ। चोरीबाट सबैभन्दा बढी क्षति भएको छ भने आगजनी र तोडफोडले पनि ठूलो भाग ओगटेको छ।
विशेषज्ञहरूले यस घटनाले सुरक्षा व्यवस्थामा सुधारको आवश्यकता औंल्याएका छन्। ‘आन्दोलन वा असहमतिका बेला व्यक्तिगत र सार्वजनिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्ने योजना बनाउन जरुरी छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ।
अन्तरिम सरकारले तयार पारेको क्षति मूल्यांकन र सार्वजनिक संरचना पुनर्निर्माण योजना अनुसार, क्षतिको वास्तविक दृष्य यस रिपोर्टमार्फत सबैसामु आएको छ।

