मंगलवार, आश्विन १३,२०८३ 08:47:47
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:47:47
Bizshala
Global IME Bank Limited

फरवार्ड माइक्रोफाइनान्सका कर्मचारीमाथि हतियार देखाएर लुटपाट

Bizshala
फरवार्ड माइक्रोफाइनान्सका कर्मचारीमाथि हतियार देखाएर लुटपाट
New Office

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीमाथि सशस्त्र लुटपाटको घटना भएको छ। आइतबार संस्थाको ईश्वरपुर शाखामा कार्यरत कर्मचारी पूजा सरदार र शान्ति सरदारमाथि मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले कटुवा पेस्तोल देखाई नगद लुटपाट गरेका हुन्।

संस्थाका अनुसार लालबन्दी नगरपालिका–३, जब्दीमा नियमित केन्द्र बैठक सञ्चालन गरी कार्यालय फर्किने क्रममा हरिपुरतर्फ जाने सडकअन्तर्गत पोखरीटोल सडक खण्डमा उक्त घटना भएको हो। लुटेराहरूले केन्द्र बैठकबाट संकलित नगद रकम रु. १ लाख ८४ हजार ७०५ सहित कार्यालय प्रयोजनका महत्वपूर्ण कागजात रहेको झोला लुटी पूर्वदिशातर्फ फरार भएका थिए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

घटनापछि तत्कालै इलाका प्रहरी कार्यालय बयलबासमा जानकारी गराइएको र भोलिपल्ट संस्थाले लिखित उजुरी दर्ता गराएको फरवार्ड माइक्रोफाइनान्सले जनाएको छ।

प्रहरी प्रशासनले घटनाबारे पीडित कर्मचारी, शाखाका अन्य कर्मचारी तथा स्थानीय बासिन्दासँग सोधपुछ गरेको छ। साथै, घटनास्थल आसपासका सीसी क्यामेरा फुटेजको जाँच गर्नुका साथै शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.