आईतवार, फाल्गुन ३,२०८२ 04:10:41
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 04:10:41
Bizshala
Global IME Bank Limited

नेपालमा मल कारखाना स्थापना गर्ने प्रस्ताव लगानी बोर्डमा

नेपालमा मल कारखाना स्थापना गर्ने प्रस्ताव लगानी बोर्डमा
Shivam Cement

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपाली उत्पादनहरूले गुणस्तरका आधारमा विश्वास जित्दै आएको उल्लेख गरेका छन्। नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) को ३० औँ तथा ३१ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नेपाल र जर्मनीबीचको दीर्घकालीन व्यवसायिक साझेदारीलाई थप सुदृढ बनाउँदै ‘पिपुल टु पिपुल कनेक्सन’ लाई अझ प्रभावकारी रूपमा अघि बढाउन आवश्यक रहेको बताए।

मन्त्री सिन्हाले स्वदेश तथा युरोपेली मुलुकहरूमा व्यापार, लगानी, आर्थिक सम्बन्ध प्रवर्द्धन, व्यापार मेला आयोजना तथा नेपाली उद्यमीहरूलाई नवीन सोचसहित अन्तर्राष्ट्रिय बजारमा जोड्ने कार्यमा एनजीसीसीआईले खेलेको भूमिकाको उच्च प्रशंसा गरे। साथै, वरिष्ठ कलाकार किरण मानन्धर तथा अन्य ११ जना कलाकारद्वारा प्रस्तुत कला तथा चित्रकलाले नेपालको कला, संस्कृति र प्रकृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनले विशेष सराहना व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि जर्मनीका राजदूत महामहिम उडो युजेन भोल्जले नेपाल र जर्मनीबीचको व्यापारिक सहकार्यलाई अझ विस्तार गर्न आफू उत्साहित रहेको बताए। उनले दुई देशबीचको दीर्घकालीन मैत्री सम्बन्धलाई आर्थिक साझेदारीमार्फत थप मजबुत बनाउन सकिने धारणा व्यक्त गरे।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले स्वतन्त्र, पारदर्शी तथा स्वस्थ व्यवसाय गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए। उनले निजी क्षेत्रको सक्रिय सहभागिताबिना दिगो आर्थिक विकास सम्भव नहुने उल्लेख गरे।

एनजीसीसीआईका अध्यक्ष सन्तोष चन्द्र कुँवरले नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनु अपरिहार्य रहेकोमा जोड दिए। ‘नेपाललाई न्यूनतम सात लाख मेट्रिक टन युरिया मल आवश्यक छ, तर हाल तीन लाख मेट्रिक टन पनि आयात गर्न सकेका छैनौँ,’ उनले भने। उनले जर्मनीको सहकार्यमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गरी नेपालमा मल कारखाना स्थापना गर्ने प्रस्ताव लगानी बोर्डमा पेस भइसकेको जानकारी दिँदै यसलाई सबै सरोकारवालाले मिलेर कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औँल्याए।

यसैबीच, नेपाल–जर्मन उद्योग वाणिज्य संघको ३० औँ तथा ३१ औँ वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आज काठमाडौंस्थित र्‍याडिसन होटलमा प्रत्यक्ष कला तथा चित्रकला सत्रहरू आयोजना गरिएका छन्, जसले प्रतिष्ठित सभाहरूमा जीवन्त सांस्कृतिक आयाम थपेको छ। कार्यक्रमको औपचारिक उद्घाटन एनजीसीसीआईका संस्थापक अध्यक्ष दिव्य मणि राजभण्डारीले गरेका थिए ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै उनले वरिष्ठ कलाकार श्री किरण मानन्धरको नेतृत्वमा सहभागी कलाकारहरूको टोलीद्वारा प्रस्तुत सिर्जनशीलता र नवप्रवर्तनको उच्च प्रशंसा गरे। कला नेपालको समृद्ध संस्कृति र प्राकृतिक सम्पदाको संरक्षणका साथै देशको पहिचान र सफ्ट पावर लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने प्रभावकारी माध्यम भएको उनको भनाइ थियो।

कार्यक्रममा वरिष्ठ कलाकार किरण मानन्धरले नेपाल तथा विदेशबाट सहभागी युवा तथा वरिष्ठ कलाकारहरूले सिर्जना गरेका उत्कृष्ट कलाकृतिहरूको प्रशंसा गरे यस्ता कला गतिविधिहरूले कलात्मक उत्कृष्टता र अन्तरसांस्कृतिक समझदारी विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने बताउँदै उनले उदीयमान प्रतिभाहरूलाई स्थापित कलाकार र विभिन्न क्षेत्रका दर्शकहरूसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नु आवश्यक रहेकोमा जोड दिए ।

र्‍याडिसन होटल परिसरमा ११ जना कलाकारद्वारा प्रत्यक्ष कला तथा चित्रकला प्रदर्शन भएको थियो।। कार्यक्रममा एनजीसीसीआईका अध्यक्ष सन्तोष चन्द्र कुँवरको उपस्थितिले आर्थिक कूटनीति र अन्तर्राष्ट्रिय सहकार्यको व्यापक दृष्टिकोणमा कला, संस्कृति तथा सृजनात्मक उद्योगलाई समावेश गर्ने संघको प्रतिबद्धतालाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.