आईतवार, फाल्गुन ३,२०८२ 02:11:33
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 02:11:33
Bizshala
Global IME Bank Limited

सिन्धुलीमा एसबीआई बैंकबाट ३ करोड बढी नगद लुटिएको खुलासा, घटनास्थल प्रहरी कार्यालयदेखि २५० मिटरको दूरीमा

सिन्धुलीमा एसबीआई बैंकबाट ३ करोड बढी नगद लुटिएको खुलासा, घटनास्थल प्रहरी कार्यालयदेखि २५० मिटरको दूरीमा
Shivam Cement

काठमाण्डौ । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखामा भएको डकैती घटनाले बैंकिङ क्षेत्रमा ठूलो हलचल मच्चाएको छ। बैंकका आन्तरिक स्रोतहरूबाट प्राप्त जानकारीअनुसार, लुटेराहरूले कुल ३ करोड ७ लाख रुपैयाँ लुटेर लगेका थिए, जसमा नगदका साथै अन्य मूल्यवान वस्तुहरू पनि समावेश हुन सक्ने अनुमान गरिएको छ। यो आँकडा प्रहरीको प्रारम्भिक सूचनासँग मेल खाए पनि, बैंकका भित्री व्यक्तिहरूले यो रकमलाई अझ यथार्थपरक रूपमा पुष्टि गरेका छन्, जसले घटनाको गम्भीरतालाई थप उजागर गरेको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

घटनाको मुख्य फोकस यो रकमको स्रोत र वितरणमा छ। बैंकका कर्मचारीहरूका अनुसार, लुटपाटको समयमा सुरक्षागार्ड र स्टाफलाई हतियार देखाएर नियन्त्रणमा लिइएको थियो, जसले गर्दा उनीहरूले क्यास काउन्टरबाट ठूलो परिमाणको नगद सजिलै लुट्न सफल भए।  

स्रोतकाअनुसार,  लुटिएको रकममध्ये एक बोरा नजिकैको जंगलमा फेला परेको छ, तर त्यहाँ कति रकम थियो भन्ने कुरा खुलिसकेको छैन ।  

बैंकका एक गोप्य स्रोतले बताएअनुसार, फेला परेको रकम करिब ५० लाख रुपैयाँको हाराहारीमा हुन सक्छ, जसले गर्दा शुद्ध लुटपाटको क्षति २ करोड ५७ लाख रुपैयाँको आसपासमा पुग्न सक्छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

डकैतीमा संलग्न समूहले प्रयोग गरेको बिएडी ०३९८ नम्बरको गाडी गाउँपालिकाको वडा नम्बर १ को टुनिभञ्ज्याङबाट बरामद भएको छ, जसमा लुटिएको केही रकम पनि फेला परेको बताइएको छ ।  

स्थानीय वडाध्यक्ष रोशन ब्लोनलाई उद्धृत गर्दै समाचार स्रोतहरुले बताएअनुसार, यो गाडीसँगै एक संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । उनी बैंक लुटपाटमा प्रयोग भएको टाटा सुमो गाडीका चालक भएका बताइएको छ ।  

बाँकी लुटेराहरू जंगलतर्फ भागेका छन्, र उनीहरूको खोजीमा प्रहरीको विशेष टोली खटिएको छ।

रोचक त के भने इलाका प्रहरी कार्यालयबाट मात्र २५० मिटर जतिको दूरीमा रहेको बैंक लुटेराहरुले लुट्न सफल भएका थिए । बैंक लुटिएको डेढघण्टापछि मात्र जिल्ला प्रहरी कार्यालयलाई खबर गरिनुलाई कतिपयले शंकास्पद नजरले हेरेका छन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.