बुधबार, फाल्गुन ६,२०८२ 09:31:42
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 09:31:42
Bizshala
Global IME Bank Limited

"गगन–शर्मामाथिको कारबाही प्रोपोगाण्डा मात्र"

"गगन–शर्मामाथिको कारबाही प्रोपोगाण्डा मात्र"
Shivam Cement

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका प्रमुख सल्लाहकार तथा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मनसुरलाई पाँच वर्षसम्म पार्टी सदस्यबाट निष्कासन गरिएको भनिएको निर्णयलाई पूर्णतः अमान्य र अनधिकृत भएको बताएका छन्।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको हलबाट सार्वजनिक धारणा व्यक्त गर्दै शिवाकोटीले विगठित भइसकेको केन्द्रीय समितिको नाम प्रयोग गरी गरिएको कारबाही विशेष महाधिवेशनले खारेज गरेको स्पष्ट पारे। उनका अनुसार, वैधानिक हैसियत नरहेको संरचनाबाट गरिएको यस्तो निर्णयले पार्टीलाई एकताबद्ध राख्ने प्रयासमा गम्भीर अवरोध सिर्जना गरेको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

शिवाकोटीले अनधिकृत निर्णयले कांग्रेसभित्र भ्रम र अस्थिरता फैलाउने प्रयास भएको आरोप लगाउँदै पार्टीभित्र अतिवादी सोचबाट प्रेरित प्रोपगण्डामा नफस्न आग्रह गरे। उनले विशेष महाधिवेशनमा सहभागी सबै प्रतिनिधि, कांग्रेसका शुभेच्छुक मतदाता र प्रजातन्त्रप्रेमीहरूलाई संयमित र एकताबद्ध रहन आह्वान गरे।

उनले दोस्रो विशेष महाधिवेशनबाट अनुमोदित नेतृत्व नै पार्टीको आधिकारिक नेतृत्व भएको र भविष्यमा पनि त्यही आधिकारिक रहने स्पष्ट पारे। पार्टीको एकता र लोकतान्त्रिक मूल्यलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने भन्दै शिवाकोटीले कांग्रेसलाई अझ मजबुत बनाएर अघि बढ्न सबै पक्षलाई जिम्मेवार भूमिका खेल्न आग्रह गरे।

उनको वक्तव्यको अन्त्यमा उनले “जय नेपाल” भन्दै पार्टी पंक्तिमा धैर्य, एकता र दृढता आवश्यक रहेको उल्लेख गरेका छन्।

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.