काठमाण्डौ । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अद्यावधिक विवरण सभापति गगन थापाले निर्वाचन आयोगमा बुझाएका छन्।
थापाले बिहीबार निर्वाचन आयोग पुगेर कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई केन्द्रीय कार्यसमितिसम्बन्धी सम्पूर्ण विवरण र आवश्यक कागजात हस्तान्तरण गरेका हुन्।
निर्वाचन ऐनअनुसार नयाँ नेतृत्व चयनबारे आयोगलाई औपचारिक जानकारी गराइएको बताउँदै थापाले केन्द्रीय कार्यसमिति अद्यावधिक गरिदिन निवेदनसहित कागजात बुझाइएको जानकारी दिए।
केन्द्रीय कार्यसमितिको विवरण केही दिनभित्रै अद्यावधिक हुने विश्वास आफूले लिएको थापाले बताए।

