शुक्रबार, असार २६,२०८३ 04:47:37
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 04:47:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

६ महिनामा ३९ अर्ब बढी एफडिआई प्रतिबद्धता, कृषि र पर्यटनमा आकर्षण

Laxmi Sunrise Bank Limited
६ महिनामा ३९ अर्ब बढी एफडिआई प्रतिबद्धता, कृषि र पर्यटनमा आकर्षण

काठमाण्डौ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा ३९ अर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ। उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्म ४७५ वटा परियोजनामार्फत ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो।

विभागका अनुसार यस अवधिमा ४६० वटा साना, आठ वटा मझौला र सात वटा ठूला उद्योग मा वैदेशिक लगानी प्रतिबद्धता आएको छ। क्षेत्रगत रूपमा हेर्दा कृषि उत्पादनमूलक, सूचना प्रविधि र पर्यटन क्षेत्र लगानीकर्ताको प्रमुख रोजाइमा परेका छन्।

New Office
CG Motors
Garima Development Bank

कृषि क्षेत्रमा १३ परियोजनाका लागि २१ अर्ब ८८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। यस्तै, पर्यटन क्षेत्रमा १४५ वटा परियोजनामार्फत १० अर्ब ५४ करोड २० लाख रुपैयाँ लगानी प्रतिबद्धता भएको छ। सेवा क्षेत्रमा ३१ परियोजनामा ३ अर्ब ४६ करोड ६० लाख रुपैयाँ, उत्पादनमूलक क्षेत्रमा २७ परियोजनाका लागि २ अर्ब ३ करोड रुपैयाँ र सूचना प्रविधि क्षेत्रमा २५७ वटा परियोजनाका लागि १ अर्ब ७ करोड ८४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उद्योग विभागका अनुसार हालसम्म नेपालमा ७ हजार ७१३ वटा परियोजनामार्फत ६ खर्ब ७५ अर्ब ४३ करोड ३३ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भइसकेको छ। पछिल्लो समय नीतिगत सुधार र लगानीमैत्री वातावरणका कारण वैदेशिक लगानीप्रति चासो बढ्दै गएको सरोकारवालाको भनाइ छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.