आईतवार, बैशाख ६,२०८३ 08:40:40
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:40:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

४ मत पाउनेलाई टिकट, जितेका र लोकप्रियलाई बाइपास : ओलीको निर्णयले एमालेलाई धक्का दिने चिन्ता

Bizshala
४ मत पाउनेलाई टिकट, जितेका र लोकप्रियलाई बाइपास : ओलीको निर्णयले एमालेलाई धक्का दिने चिन्ता
Shivam Cement

काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणमा अध्यक्ष केपी शर्मा ओलीको एकलौटी र पक्षपातपूर्ण शैलीले नेकपा एमालेभित्र तीव्र असन्तुष्टि निम्त्याएको छ। यसले पार्टीको आन्तरिक एकता खलबल्याउने र निर्वाचन परिणाममा गम्भीर असर पार्ने विश्लेषकहरूको दाबी छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रमुख नेताहरूको टिकट स्थिति

अध्यक्ष ओली स्वयं झापा–५ बाट यसपटक पनि उम्मेदवार बन्ने भएका छन्। अन्य प्रमुख पदाधिकारीहरूमा:

-उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पाल्पा–२ बाट टिकट दिइएको छ (उनको पुरानो क्षेत्र रुपन्देही–२ छोडेर)।

-उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई लमजुङ बाट।

-उपाध्यक्ष गोकर्ण बिष्टलाई गुल्मी–२ बाट।

-उपमहासचिव लेखराज भट्टलाई कैलाली–४ बाट।

-उपमहासचिव रघुवीर महासेठलाई धनुषा–४ बाट।

तर, उपमहासचिव योगेश भट्टराईको ताप्लेजुङ क्षेत्रबारे भने सचिवालय बैठकले कुनै निर्णय गर्न सकेन। स्रोतका अनुसार ओलीले भट्टराईलाई टिकट दिन चाहेका छैनन्। भट्टराईले बैठकमा 'नोट अफ डिसेन्ट' राखेका थिए र सामाजिक सञ्जालमार्फत पार्टी निर्णयप्रति विचलित नभई एकताबद्ध भएर उम्मेदवार जिताउने अभियानमा लाग्न कार्यकर्तालाई अपिल गरेका छन्।

CG Motors
Garima Development Bank
IME remit

इतर समूहमाथि छानी-छानी निषेध

ओलीले आफ्नो निकटस्थ र पक्षका नेताहरूलाई प्राथमिकता दिँदा इतर समूह (विशेष गरी ईश्वर पोखरेल प्यानलबाट निर्वाचितहरू) लाई छानी-छानी पन्छाएका छन्। उदाहरणका लागि:

-ईश्वर पोखरेल को काठमाडौं–५ बाट एकल सिफारिस भए पनि टिकट दिइएन। यो क्षेत्रबाट सचिव राजन भट्टराईले लड्ने इच्छा राखेका छन् (उनी विगतमा काठमाडौं–४ बाट पराजित भएका थिए)।

-गोकुल बास्कोटा (काभ्रे–२ बाट २०७९ मा विजयी)लाई टिकट दिइएन।

-ठाकुर गैरे (पाल्पा–२ बाट २०७९ विजयी)लाई पन्छाएर पौडेललाई त्यही क्षेत्र दिइयो, जसमा केही पदाधिकारीले आपत्ति जनाएका थिए।

-पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेलाई चितवन–१ बाट टिकट नै दिइएन।

-अन्य असन्तुष्ट नेताहरूमा विनोद ढकाल (मोरङका तीन क्षेत्रबाट सिफारिस), एलपी सावा (झापा–४), महेश बस्नेत (इलाम–२), अमिरबाबु गुरुङ (ओखलढुंगा), जय राई (सुनसरी–१), पुरुषोत्तम पौडेल (बारा–२), कृष्णगोपाल श्रेष्ठ (काठमाडौं–९), गणेश पहाडी (सिन्धुली–१) आदि छन्।

कतिपय ठाउँमा जस्तै बारा–२ मा जम्मा ४ मत पाएका ज्वाला साहलाई टिकट दिइयो भने बलियो आधार भएका अत्यानन्द पाण्डेलाई पन्छाइयो।

यस्तै, दैलेखबाट आन्तरिक प्रतिस्पर्धामा सबैभन्दा बढी मत पाएका विष्णु रिजाललाई समेत टिकट दिइएन । रिजालले त सार्वजनिक रुपमै नेतृत्वको छनौटमा पर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 

Bizshala
Muktinath Bikas Bank Limited

पार्टीभित्र असन्तुष्टि र जोखिम

यो टिकट वितरण प्रक्रियामा कुनै स्पष्ट मापदण्ड नअपनाइएकाले असन्तुष्टि झन् बढेको छ। पदाधिकारीहरू नै चुनाव क्षेत्र फेर्न बाध्य भएका छन्, जसले 'पार्टीका उपाध्यक्ष भागेको' सन्देश दिनसक्ने नेताहरूको भनाइ छ। 

यो अवस्था जेनजी आन्दोलन दमनको पुरानो आरोपसँग जोडिँदा एमाले र ओलीको छवि कमजोर बन्दै गएको छ। एकातिर जेनजी आन्दोलनको दोषबाट मुक्त नभएको पार्टी, अर्कोतिर आन्तरिक प्रतिस्पर्धा र एकतालाई बेवास्ता गर्दै 'मेरो मान्छे' लाई मात्र टिकट दिने शैलीले कार्यकर्तामा ठूलो निराशा छाएको छ।

देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ शक्ति र युवा उभार बढिरहेको बेला ओलीको यो कुटिल र जबरजस्तीपूर्ण रवैया नसुध्रिएमा एमालेले आगामी निर्वाचनमा ठूलो धक्का बेहोर्नुपर्ने देखिन्छ। विश्लेषकहरू चेतावनी दिन्छन्-'यो प्रवृत्तिले पार्टी चौथो वा पाँचौं स्थानमा धकेलिन सक्छ, जसबाट अचम्म मान्नु पर्दैन।'

एमालेले सबै पक्षलाई समेटेर आन्तरिक लोकतन्त्रको अभ्यास गर्नुको साटो व्यक्तिगत स्वार्थ र विरोधीलाई सिध्याउने शैली अपनाउँदा निर्वाचनमा लज्जाजनक हारको खतरा बढेको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.