सोमबार, बैशाख ७,२०८३ 02:45:17
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 02:45:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सार्वजनिक ऋणको आकार २८ खर्ब नाघ्यो

Bizshala
सार्वजनिक ऋणको आकार २८ खर्ब नाघ्यो
Shivam Cement

काठमाण्डौ । नेपालको सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेसँगै सरकारको ऋणको भार तीव्र रूपमा बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को सुरुवातमा २६ खर्ब ७४ अर्ब ४ करोड रहेको कुल सार्वजनिक ऋण पुस मसान्तसम्ममा १ खर्ब ३२ अर्ब ३४ करोडले वृद्धि भई २८ खर्ब ६ अर्ब ३९ करोड पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार हाल कुल सरकारी ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.९५ प्रतिशत पुगेको छ । कुल ऋण संरचनामा वैदेशिक ऋणको हिस्सा ५३ प्रतिशत अर्थात् १४ खर्ब ८७ अर्ब २६ करोड २२ लाख रहेको छ भने आन्तरिक ऋण ४७ प्रतिशत अर्थात् १३ खर्ब १९ अर्ब १३ करोड १० लाख पुगेको छ । जीडीपीको आधारमा आन्तरिक ऋण २१.६० प्रतिशत र बाह्य ऋण २४.३५ प्रतिशत रहेको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएको भए पनि पुस मसान्तसम्ममा २ खर्ब १४ अर्ब ५५ करोड मात्रै संकलन भएको छ, जुन वार्षिक लक्ष्यको ३६.०२ प्रतिशत हो ।

विशेषगरी पछिल्लो छ महिनामा उठाइएको ऋणमा आन्तरिक ऋणको हिस्सा ८२.८१ प्रतिशत पुगेको छ भने बाह्य ऋण १७.१९ प्रतिशतमा सीमित छ । सरकारले आन्तरिक ऋणतर्फ ३ खर्ब ६२ अर्ब उठाउने लक्ष्य राखेकोमा पुस मसान्तसम्म १ खर्ब ७७ अर्ब ६६ करोड ६९ लाख संकलन भइसकेको छ । तर बाह्य ऋणतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख उठाउने लक्ष्य भए पनि हालसम्म ३६ अर्ब ८९ करोड २२ लाख मात्रै प्राप्त भएको छ ।

CG Motors
Garima Development Bank
IME remit

ऋणको आकारसँगै ऋण सेवा खर्च पनि उल्लेख्य रूपमा बढेको छ । चालु आर्थिक वर्षमा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीका लागि ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन गरिएकोमा पुस मसान्तसम्म १ खर्ब ८७ अर्ब १२ करोड भुक्तानी भइसकेको छ ।

यस अवधिमा आन्तरिक ऋणको साँवा–ब्याज भुक्तानीमा १ खर्ब ५५ अर्ब १३ लाख ५४ हजार खर्च भएको छ भने बाह्य ऋण भुक्तानीतर्फ ३१ अर्ब ९९ करोड १२ लाख खर्च भएको कार्यालयले जनाएको छ ।

पछिल्लो ६ महिनामा मात्रै साँवा भुक्तानीमा १ खर्ब ५२ अर्ब ८९ करोड र ब्याज भुक्तानीमा ३४ अर्ब २३ करोड खर्च भएको छ । जीडीपीको आधारमा ऋण सेवा खर्च ३.०६ प्रतिशत पुगेको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.