सोमबार, फाल्गुन ११,२०८२ 05:12:51
Bizshala
  • सोमबार, फाल्गुन ११,२०८२ 05:12:51
Bizshala
Global IME Bank Limited

प्रभु बैंकको नाफामा २४% को गिरावट, वितरणयोग्य मुनाफा ३.३५ अर्बले ऋणात्मक

प्रभु बैंकको नाफामा २४% को गिरावट, वितरणयोग्य मुनाफा ३.३५ अर्बले ऋणात्मक
Shivam Cement

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब १ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २४.०७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले १ अर्ब ३३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

बैंकले नाफा घटेतापनि खुद ब्याज आम्दानी भने बढेको छ । बैंकले समीक्षा अवधिसम्ममा ४ अर्ब ९८ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा भने बैंकले ४ अर्ब ८६ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बैंकले खुद शुल्क तथा कमिशन आम्दानीबापत १ अर्ब १७ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी भने १०.४६ प्रतिशतले घटेर ५ अर्ब २४ करोड रुपैयाँमा सीमित बनेको छ ।

२३ अर्ब ५४ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ ३ अर्ब ३५ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ । बैंकको रिजर्भको आकार १२.९८ प्रतिशतले बढेर १४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक अवस्थामा छ । बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड रुपैयाँले ऋणात्मक बनेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बैंकको खराब कर्जा अनुपात पनि ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ । बैंकका निक्षेप संकलन घटेको छ भने कर्जा प्रवाह बढेको छ । निक्षेप संकलन ३ खर्ब ४२ करोडबाट घटेर ३ खर्ब ४० अर्बमा सीमित बनेको छ । यस्तै अघिल्लो आवमा २ खर्ब २५ अर्ब रहेको कर्जा प्रवाह २ खर्ब २७ अर्ब पुगेको छ ।

समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी ८.६२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६.१७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.२७ गुणा र तरलता अनुपात ३९.३१ प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.