काठमाण्डौ । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । माघ २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई माघ २० गते देखिनै लागू हुनेगरी सीईओको जिम्मेवारी दिइएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।
यसअघिका बैंकका सीईओ अशोक शेरचनले राजीनामा दिएका थिए । उनको राजीनामा माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो । त्यअघि बैंकको कामु सीईओको जिम्मेवारी बैंकका सहायक महाप्रबन्धक निरज लम्सालले सम्हालिरहेका थिए ।
यसअघि प्रकाशित सम्बन्धित समाचारहरु :
-निर्दोष साबित भई राजनीति थाल्ने अशोक शेरचनको योजना, कसलाई बनाइँदैछ प्रभू बैंकको नयाँ सीईओ ?

