मंगलवार, फाल्गुन २६,२०८२ 11:41:34
Bizshala
  • मंगलवार, फाल्गुन २६,२०८२ 11:41:34
Bizshala
Global IME Bank Limited

पुस मसान्तसम्म ३५% बजेट खर्च, पूँजीगत खर्च अझै कमजोर

Hyundai Nepal
पुस मसान्तसम्म ३५% बजेट खर्च, पूँजीगत खर्च अझै कमजोर
Shivam Cement

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेटमध्ये पुस मसान्तसम्म ६ खर्ब ९० अर्ब २१ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको ३५.१४ प्रतिशत हो ।

अर्थ मन्त्रालयका अनुसार खर्च भएको कुल रकममध्ये चालु खर्च (वित्तीय हस्तान्तरणसहित) ४१.२५ प्रतिशत, पूँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४०.९५ प्रतिशत रहेको छ । समग्र खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३९ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

पूँजीगत खर्च न्यून हुनुका मुख्य कारण आयोजनाको पूर्वतयारीको अभाव, जग्गा प्राप्ति तथा वन क्षेत्र प्रयोगमा देखिएको जटिलता र भदौ २३ र २४ को आन्दोलनका कारण भौतिक संरचनामा पुगेको क्षति रहेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसैबीच, पूर्वतयारी नभएका तथा अनुत्पादक साना आयोजनामा विनियोजित १ खर्ब १९ अर्ब ५३ करोड ६५ लाख रुपैयाँ बजेट मन्त्रिपरिषद्को निर्णयअनुसार स्थगन गरिएको छ । तीमध्ये खरीद प्रक्रिया सुरु भइसकेका र मन्त्रालयबाट औचित्य पुष्टि भई फुकुवाका लागि अनुरोध गरिएका आयोजनाका लागि ४२ अर्ब २८ करोड ३४ लाख रुपैयाँ फुकुवा गरिएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.