काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी दशकमा ३० हजार मेगावाट विद्युत जडित क्षमता हासिल गर्ने लक्ष्य लिएको छ । रास्वपाले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभामा चुनावी वाचापत्र सार्वजनिक गर्दै यस्तो प्रतिवद्धता जनाएको हो ।
वाचापत्रमा ऊर्जा विकासलाई तीव्रता दिन भूमि, वन तथा वातावरणसम्बन्धी विद्यमान कानुनहरूलाई परिमार्जन गर्दै ऊर्जा मन्त्रालयबाट नै सम्पूर्ण प्रकृयाको समन्वय हुने गरि कानुन संशोधन गर्ने जनाइएको छ ।
हाल ८ मन्त्रालय र २३ विभाग धाउनुपर्ने जटिल व्यवस्थाको अन्त्य गर्दै एकल द्वार सेवाको अवधारणा कार्यान्वयन गर्ने समेत उल्लेख छ । जलविद्युत् आयोजनाहरूको समयावधिभित्र शान्ति–सुरक्षाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने व्यवस्था गर्ने समेत रास्वपाले जनाएको छ ।

