रास्वपाको नयाँ मापदण्डः सांसदका स्वकीय सचिव नियुक्तिमा नातावाद निषेध, खुला प्रतिस्पर्धाबाट छानिने
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना संघीय सांसदका लागि स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी नयाँ आन्तरिक निर्देशन जारी गरेको छ। पार्टीले स्वकीय सचिव नियुक्तिमा पारदर्शिता कायम गर्न र राज्यकोषको दुरुपयोग रोक्न नातावाद तथा परिवारवादलाई पूर्ण रूपमा निषेध गर्ने नीति अघि सारेको हो।रास्वपाका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको...

