बिहीबार, फाल्गुन ७,२०८२ 07:04:41
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 07:04:41
Bizshala
Global IME Bank Limited

रास्वपाको वाचापत्रः जेलमा रहेका सहकारीका सञ्चालकलाई सर्तसहित बाहिर निकाल्ने, साना बचतकर्ताको रकम सय दिनमा फिर्ता

रास्वपाको वाचापत्रः जेलमा रहेका सहकारीका सञ्चालकलाई सर्तसहित बाहिर निकाल्ने, साना बचतकर्ताको रकम सय दिनमा फिर्ता
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ। जसअन्तर्गत पार्टीले साना बचतकर्ताको हितलाई प्राथमिकतामा राख्दै सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ।

वाचापत्रमा आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न राज्यको तर्फबाट ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्ने उल्लेख गरिएको छ। उक्त कोषमार्फत सङ्कटग्रस्त सहकारी तथा वित्तीय संस्थाका बचतकर्तालाई प्राथमिकताका आधारमा, साना बचतकर्ताबाट सुरु गरी भुक्तानी गर्ने व्यवस्था गरिने जनाइएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

रास्वपाले आफ्नो उद्देश्य सञ्चालकहरूलाई कारबाही गर्नु मात्र नभई बचतकर्ताको रकम सुरक्षित रूपमा फिर्ता गराउनु रहेको स्पष्ट पारेको छ। ‘थुनेर होइन, सुनेर समाधान गर्ने’ नीतिअनुसार, यदि कुनै सहकारी वा वित्तीय संस्थाका सञ्चालक तथा व्यवस्थापन पक्ष बचतकर्ताको रकम फिर्ता गर्न तयार भए र उनीहरूसँग भरपर्दो स्रोत तथा कार्ययोजना भएमा कानुनी रूपमा मिलापत्रको बाटो खुला गरिने बताइएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तो अवस्थामा बचत फिर्ताको पूर्ण ग्यारेन्टी तथा स्पष्ट समयसीमा निर्धारण गरी सम्बन्धित पक्षलाई थुनाबाहिरै रहेर सम्पत्ति परिचालन र ऋण असुली गर्ने अवसर दिइने वाचापत्रमा उल्लेख छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.