काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरको प्रणालीको अध्ययन र पुनरावलोकन गर्ने जनाएको छ । आज सुर्खेतमा आयोजित कार्यक्रममा चुनावी वाचापत्र सार्वजनिक रास्वपाले यस्तो जनाएको हो ।
भारतीय रुपैयाँसँगको तीन दशकदेखि स्थिर विनिमय दर कायम रहेकोमा विशिष्ट अन्तर्राष्ट्रिय प्राज्ञहरू समेतको सहभागितामा यस प्रणालीको अध्ययन र पुनरावलोकन गर्ने वाचापत्रमा उल्लेख छ ।

