आईतवार, चैत्र २२,२०८२ 10:02:34
Bizshala
  • आईतवार, चैत्र २२,२०८२ 10:02:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिंहदरबारअगाडि ठेलमठेलमा परेपछि सेयर लगानीकर्ता रास्वपा कार्यालयतर्फ मोडिए, आजैबाट धर्ना

Bizshala
सिंहदरबारअगाडि ठेलमठेलमा परेपछि सेयर लगानीकर्ता रास्वपा कार्यालयतर्फ मोडिए, आजैबाट धर्ना
Shivam Cement

काठमाण्डौ । सेयर बजारमा प्यानिक अवस्था देखिएर सर्वसाधारण लगानीकर्ताहरुले हजारौं करोड सम्पत्ति गुमाउने अवस्था सिर्जना भएपछि भावी रणनीति बनाउन भेला भएकाहरुले आफूहरुमाथि सुरक्षाकर्मीले ठेलमठेल गरेको आरोप लगाएका छन् ।  

सिंहदरबारको दक्षिणी गेटमा आइतबार ३ बजेपछि भेला हुँदै गरेका लगानीकर्ताहरुलाई सुरक्षाकर्मीले ठूलो संख्यामा त्यहाँ जम्मा हुन पाइन्न भन्दै ठेलमठेल गर्दै हटाएको थियो । आफूहरुलाई शान्तिपूर्ण ढंगले भेला हुन समेत नदिएको भन्दै सेयर लगानीकर्ताहरुले आक्रोश व्यक्त गरेका छन् ।  

साथीहरुलाई बोलाएर भेला हुँदै गर्दा प्रहरीले आफूहरुलाई ठेलमठेल गर्दै त्यहाँबाट हटाएको लगानीकर्ता तिलक कोइरालाले बताए । 

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

सिंहदरबार छेउछाउ भेला हुन समेत नपाएपछि अब आफूहरु सत्तारुढ घटक राष्ट्रिय स्वतन्त्र पार्टीको वनस्थलीस्थित कार्यालयमा जाँदै गरेको कोइरालाको भनाई छ ।  

सत्ता चलाउने पार्टी रास्वपा हो । अर्थमन्त्री र सरकारले हाम्रो कुरा नसुनेपछि अब बजारका समस्या तत्काल समाधान हुनुपर्ने र लगानीकर्ताहरुलाई आश्वस्त पार्न सरकारले विशेष सम्बोधन गर्नुपर्ने मागसहित आफूहरु रास्वपाको केन्द्रीय कार्यालयमा जाँदै गरेको र आजैबाट त्यहाँ अनसन थाल्ने समेत कोइरालाले घोषणा गरे ।  

'हाम्रो कुरा सिंहदरबारमा बस्नेहरुले नसुनेपछि अब रास्वपाको केन्द्रीय कार्यालयमा गएर धर्ना थाल्छौं र आफ्ना कुरा सुन्न बाध्य पार्छौ ।'- उनले भने ।  

लगानीकर्ताको माग के हो ?

कोइरालाले बजारमा हुने घटबढबाट आफूहरु कहिल्यै नअत्तालिएको र घटेको बजारलाई बढाइदिने मागका लागि सडकमा नउत्रिएको समेत प्रष्ट पारे । 'सरकारले गलत गर्नेहरुलाई जसरी धमाधम पक्राउ गरिरहेको छ, त्यसमा हामी खुशी छौं । गलत गर्ने अरु यहाँ धेरै छन्, सबैलाई फटाफट पक्रियोस् र कडा कारबाही होस् ।' कोइरालाले भने-'ती गलत गर्ने व्यापारी व्यवसायी मात्र होइन, उनीहरुलाई संरक्षण दिने राजनीतिक दलका नेताहरुलाई पनि नछाडियोस् । सेयर बजारमै पनि हिजोको दिनमा गलत गर्ने कसैलाई उन्मुक्ति नदिइयोस् ।'  

उनले गलत गर्नेहरुविरुद्ध सरकारले चलाएको अपरेशनमा आफूहरुको पूर्ण साथ र समर्थन रहेको, तर यही बजारमा लगानी गरेका लाखौं लगानीकर्ताहरु प्यानिक भएको अवस्थामा उनीहरुलाई आश्वस्त पार्ने काम पनि अभिभावकको हिसाबले सरकार र अर्थमन्त्रीको रहेकोले त्यसतर्फ कुनै काम नभएकोमा आपत्ति जनाए । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

'सरकारले आम लगानीकर्ताहरुलाई आश्वस्त पारेर तत्कालै पूँजीबजार सुधार, बिस्तार र नियमनका कामहरुलाई अगाडि बढाउनुपर्छ । हामीले विभिन्न च्यानलबाट बजार सुधारका १७ बुँदे माग अर्थमन्त्रीसम्म पनि पुर्याइसकेका छौं, ती विषयहरु शीघ्र कार्यान्वयनमा ल्याइनुपर्छ ।' कोइरालाले भने- 'अत्तालिएका आम लगानीकर्ताहरुलाई सरकारले विश्वास दिलाउनुपर्छ । निश्चित ठूला र पहँुचवालाले गरेको बद्मासीको घानमा सर्वसाधारणलाई पार्नु भएन । सरकारले लगानीका लागि विश्वासको वातावरण बनाइहाल्नुपर्यो ।'

लगानीकर्ताले सरकारसँग राखेका माग यी हुन् :  

१. नेपाल स्टक एक्सचेन्जलाई पुनःसंरचना गर्न गठित समितिको सिफारिस बमोजिम पुनः संरचनाको स्पष्ट खाकासहित आवश्यक निर्णय गर्न अर्थ मन्त्रालयले १५ दिन भित्रमा मन्त्रिपरिषदमा प्रस्ताब लैजाने ।

२. विगतमा भएका सार्वजनिक निश्काशन ( प्रिआईपिओ समेत)हरूकाे छानविन गर्न, बेथिति हटाउन र दाेषीलाई कारबाही गर्न १५ दिन भित्र उच्चस्तरीय समिति गठन गर्ने र अब हुने सार्वजनिक निश्काशन साे समितिकाे सिफारिस अनुसार कार्यविधि निर्माण गरेर मात्र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति दिने ।

३. नेपाल धितोपत्र बोर्डको पुनः संरचना गर्न र धितोपत्र ऐन २०६३ माथि संशोधन गर्न अर्थ मन्त्रालयले १५ दिन भित्र कार्यदल गठन गर्ने ।

४. नेप्सेले पेश गरेको साना तथा मझौला कम्पनीहरुको कारोबार हुने एसएमई प्लेटफर्म सम्बन्धी नियमहरु नेपाल धितोपत्र बोर्डबाट तीन दिन भित्र स्वीकृत गरी १५ दिन भित्रमा एसएमई प्लेटफर्म संचालनमा ल्याउने ।

५.विदेशमा रहेका नेपाली र अन्य ब्यस्त पेशा ब्यवसायमा संलग्न लगानीकर्ताहरुले नेप्सेको नियमित कारोबार समयमा खरिद बिक्री आदेश राख्न नसक्ने समस्या समाधान गर्न नेप्सेले गरेको नीतिगत ब्यवस्थालाई नेपाल धितोपत्र बोर्डले तीन भित्र स्वीकृत गरी अफलाईन आदेश राख्नसक्ने ब्यवस्था तत्काल गर्ने ।

६. बाेनस र हकप्रदकाे मूल्य समायाेजन हुँदा नै साे बापत पछि प्राप्त हुने बाेनस वा हकप्रद सेयरकाे समायाेजित लागत मूल्य कायम हुने स्वचालित प्रणाली विकास गर्ने, लगानीकर्ताले आफ्नो युजरआईडी र पासवर्ड प्रयोग गरी कारोबार ब्यवस्थापन प्रणालीबाट आफैले गरेको सेयर बिक्रीको स्वतः ईडिआईएस हुने गरी धितोपत्र बोर्ड, नेप्से र सीडीएससीले आबश्यक ब्यवस्था मिलाई ५ दिन भित्र कार्यान्वयनमा ल्याउने ।

७. सेयर दलालमार्फत मार्जिन कारोबार ५ दिन भित्र शुरु गर्ने र मार्जिन कारोबार संचालनको स्वीकृति माग गर्ने दलालहरुलाई नेप्सेले तत्काल स्वीकृति दिने ।

८. लगानीकर्ताले धितोपत्र बोर्ड, नेप्से र सीडीएससीमा गरेको कुनै उजुरी वा गुनासोको तीन दिन भित्र सुनुवाई हुने वा नहुने कारण खोली जुन माध्यमबाट उजुरी वा गुनासो आएको हो, सोही माध्यमबाट सरोकारवालालाई जवाफ दिने गरी ५ दिन भित्र संयन्त्र बिकास गरेर कार्यान्वयनमा ल्याउने ।

९. हक भन्दा बढी हकप्रदमा आबेदन गर्न पाउने ब्यवस्था गरि नबिकेकाे सेयर लिलामको अनलाईन बिडिड. प्रणाली निमार्ण गरी ३० दिन भित्र सीडीएससीले कार्यान्वयनमा ल्याउने ।

१०. सूचीकृत संगठित संस्थाहरूकाे सुशासन सम्बन्धी निर्देशिका संशाेधन गरि हरेक कम्पनीमा २५ प्रतिशत संस्थापक हिस्सेदारी अनिवार्य गर्ने, साे नभएका कम्पनीहरूकाे हकमा नेपाल धिताेपत्र बाेर्डकाे राेष्टरमा सूचीकृत स्वतन्त्र संचालक बन्न याेग्य सूचीमा रहेका ब्यक्तिहरूबाट कम्तिमा ४ जना संचालक आगामी साधारणभाबाट नियुक्त गर्नुपर्ने ब्यवस्था गर्ने । कम्पनीहरुको साधारणसभा सभा भिडियो कन्फरेन्सको आधारमा समेत हुने, प्रस्ताबहरु पारित गर्ने र संचालक निर्वाचनका लागि अनलाईन भोटिड.का लागि नेपाल धितोपत्र बोर्ड र सीडीएससीले आबश्यक ब्यवस्था मिलाउने ।

११. धितोपत्र बोर्ड, नेप्से, बीमा प्रााधिकरण र सीडीएससीका संचालक तथा कर्मचारीहरुले आफ्नो सम्पति विवरण १५ दिन भित्र सम्बन्धित कार्यालय प्रमुख मार्फत अर्थ मन्त्रालयमा पठाउनु पर्ने ।

१२. गैर आवासीय नेपालीहरुले दोस्रो बजारमा लगानी गर्ने कार्यविधि नेपाल धितोपत्र बोर्डले १५ दिन भित्रमा तयार पारेर सम्बन्धित निकायहरुको समन्वयमा कार्यान्वयनमा ल्याउने ।

१३. सूचीकृत लगानी कम्पनीहरुलाई आफ्नो जम्मा पोर्टफोलियोको ५० प्रतिशत दोस्रो बजारमा मार्जिन कारोबार योग्य कम्पनीहरुको सेयरमा विविधिकरण गरि लगानी गर्नसक्ने गरी नेपाल धितोपत्र बोर्डले तत्काल कार्य क्षेत्र बिस्तार गर्ने ।

१४. सूचीकृत कम्पनीहरुले गत आर्थिक बर्षको बार्षिक साधारणसभा चालु आर्थिक बर्षको अन्त्यसम्म पनि नगरेको भए सम्बन्धित कम्पनीका संचालक र प्रमुख कार्यकारी अधिकृतलाई ब्यक्तिगत रुपमा ब्ययभार पर्ने गरी जनही एक लाख जरिवाना गर्ने र सो रकम लगानीकर्ता संरक्षण कोषमा दाखिल गर्न नेपाल धितोपत्र बोर्डले आबश्यक ब्यवस्था मिलाउने । १५. सार्वजनिक निश्काशन भएका धिताेपत्रहरूमा कर्नरिङ र विकृति हटाउन सामुहिक लगानी काेषहरूलाई लगाईएकाे छ महिने लक ईन अवधि तत्काल हटाउने । 

१६. तल्लाे निकायबाट प्रस्ताव भएका नीति, नियम, निर्देशिका, कार्यविधिहरू उपल्लाे निकायले सात दिन भित्र स्वीकृत गरि पठाउने । 

१७. बजारकाे स्वच्छतालाई अभिबृद्दि गर्न धिताेपत्र बाेर्डबाट परामर्श सेवा दिन अनुमति लिएकाले मात्र खरिद बिक्री र बजार सम्बन्धी परामर्श दिन पाउने, विभिन्न संचार माध्यम र सामाजिक संजालबाट समूह बनाई शुल्क लिएर वा नलिई सक्कली वा नक्कली नामबाट किनबेचकाे सल्लाह दिने, अफवाह फैलाउने, म्यानुपुलेशन गर्नेलाई कारबाही गर्ने । धिताेपत्र बाेर्ड र नेप्सेले आबश्यक ब्यवस्था गरि ३० दिन भित्र स्वचालित सर्भिलेन्स कार्यान्वयनमा ल्याउने यस्ताे ब्यवस्था बालेन सरकारले तत्काल गरेमा हामी आम लगानीकर्ताले घण्टीलाई झण्डै दुई तिहाई पुग्ने गरि दिएकाे मतादेशकाे सही सदुपयाेग हुनेछ

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.