मंगलवार, आश्विन १३,२०८३ 09:34:20
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:34:20
Bizshala
Global IME Bank Limited

रास्वपाको केन्द्रीय समिति बैठक आज, संगठनदेखि स्थानीय निर्वाचनसम्मका एजेन्डा

Bizshala
रास्वपाको केन्द्रीय समिति बैठक आज, संगठनदेखि स्थानीय निर्वाचनसम्मका एजेन्डा
New Office

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तारदेखि उम्मेदवार छनोट प्रक्रियासम्मका विषयमा रणनीतिक निर्णय गर्ने तयारी गरेको छ। यसै विषयलाई केन्द्रमा राखेर पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार महामन्त्री विपीनकुमार आचार्यले शुक्रबार बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बैठक आह्वान गरेका हुन्।

बैठकमा आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी ‘रूपरेखा, २०८३’ अनुमोदन गर्ने प्रमुख एजेन्डा रहेको छ। रास्वपाले उम्मेदवार छनोटमा अपनाइने विधि र प्रक्रियालाई व्यवस्थित गर्दै यही बैठकबाट अन्तिम रूप दिने तयारी गरेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

निर्वाचन तयारीसँगै पार्टीले लामो समयदेखि उठाउँदै आएको ‘राइट टु रिकल’ अवधारणालाई समेत संस्थागत रूपमा अघि बढाउने तयारी गरेको छ। निर्वाचित जनप्रतिनिधिलाई आवश्यक अवस्थामा जनताले फिर्ता बोलाउन सक्ने व्यवस्था कार्यान्वयनका लागि कानुनी तथा राजनीतिक खाका तयार गर्ने विषयमा बैठकमा छलफल हुनेछ।

बैठकले पार्टीभित्र रिक्त रहेका तथा थप गर्नुपर्ने विभिन्न पदमा मनोनयनसम्बन्धी निर्णयसमेत गर्नेछ। केन्द्रीय समिति सदस्य तथा पदाधिकारी, सचिवालय सदस्य र विभिन्न विभागीय प्रमुखको मनोनयन तथा जिम्मेवारी बाँडफाँट बैठकका एजेन्डामा छन्।

त्यस्तै, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गर्ने तथा त्यसमा सदस्य मनोनयन गर्ने प्रस्तावसमेत बैठकमा प्रस्तुत हुनेछ। उम्मेदवार छनोट प्रक्रियालाई तल्लो तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्रीय सदस्य र सांसदहरूको नेतृत्वमा देशव्यापी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पनि रहेको छ।

रास्वपाले संगठनात्मक गतिविधिसँगै आफ्ना राजनीतिक धारणा र पार्टीका गतिविधिलाई नियमित रूपमा सार्वजनिक गर्ने उद्देश्यले ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयलाई पनि बैठकको कार्यसूचीमा समेटेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.