काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालमा पर्यटन प्रवर्धन र विविधीकरणको लागि नयाँ नीति घोषणा गरेको छ। पार्टीका अनुसार, आगामी पाँच वर्षभित्र भित्रिने पर्यटकको संख्या र उनीहरूको प्रतिव्यक्ति खर्च दोब्बर बनाउने लक्ष्य राखिएको छ।
पार्टीको नीति अनुसार, वर्तमानमा ट्रेकिङ्ग–केन्द्रित पर्यटनलाई मात्रै निर्भर नगरी प्रकृति, संस्कृति र समुदाय आधारित पर्यटनलाई प्राथमिकता दिइनेछ। यसका लागि नयाँ इकोसिस्टम स्थापनामा जोड दिइनेछ, जसले पर्यटकलाई बहुविध अनुभव प्रदान गर्नेछ।
विशेषत, कर्णाली र सुदुरपश्चिम प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यहरू विकास गर्ने योजना रहेको छ। साथै, सडक विस्तारले ध्वस्त भएका पुराना पदमार्गहरूमा वैकल्पिक पदमार्ग निर्माणका लागि बजेट छुट्याइने छ।

