मंगलवार, आश्विन १३,२०८३ 07:15:49
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:15:49
Bizshala
Global IME Bank Limited

एमालेको घोषणापत्रमा महिला सशक्तिकरण प्याकेज, रु. २० लाखको निर्व्याजी ऋण र गर्भवती महिलालाई निःशुल्क जीवन बीमा

Bizshala
एमालेको घोषणापत्रमा महिला सशक्तिकरण प्याकेज, रु. २० लाखको निर्व्याजी ऋण र गर्भवती महिलालाई निःशुल्क जीवन बीमा
New Office

काठमाण्डौ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।  

नेकपा एमालेले महिला सशक्तिकरण प्याकेज ल्याउने घोषणापत्रमा उल्लेख छ । जसमा २० लाख रुपैयाँ बराबरको उद्यमी महिला निर्व्याजी  ऋण, २० लाख रुपैयाँ बराबरको सुत्केरी पोषण भत्ता (घरदेखि अस्पतालसम्मको यातायात खर्च दोब्बर) र ५ लाख रुपैयाँसम्मको गर्भवती महिलाको निःशुल्क जीवन बीमा गरिदिने विषय समावेश छ ।  

एमालेले महिला उद्यमशीलता विकास गर्न बैंक तथा वित्तीय संस्थामार्फत २० लाख रुपैयाँसम्मको उद्यमी महिला निव्र्याजी ऋण सुविधा सहजढंगले प्रदान गर्ने र व्यवसाय र ऋणको निःशुल्क बीमा व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै गर्भवती महिलालाई सुत्केरी हुनुअघि र पछि स्वास्थ्य परीक्षण गर्न प्रदान गरिँदै आएको घरदेखि स्वास्थ्य संस्थासम्मको यातायात खर्च दोब्बर गर्ने प्रतिबद्धता जनाएको छ ।  

त्यस्तै, घट्दो जनसंख्या बृद्धिदरको प्रवृत्ति रोक्न सुत्केरी हुने महिलालाई प्रतिजन्म २० हजार रुपैयाँ मातृशिशु पोषण भत्ता दिने र गर्भवती महिलाका लागि ५ लाख रुपैयाँसम्मको जीवन बीमा निःशुल्क गराइदिने जनाएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.