वैदेशिक रोजगार बीमा प्रणालीमा सुधार, दाबी रकम अब सिधै हकवालाको बैंक खातामा
काठमाण्डौ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको बीमा व्यवस्थापनलाई थप सरल, प्रभावकारी र श्रमिकमैत्री बनाउन विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ को मर्म अनुरूप श्रमिकहरूको सुरक्षा र सुविधालाई प्राथमिकता दिँदै नयाँ कार्य योजना अघि सारेको हो।मन्त्रालयले श्रमिकको मृत्यु वा अङ्गभङ्ग भएको...

