काठमाण्डौ ।जीवन बीमा कम्पनीबाट हालसम्म ४४ हजार ९५५ वटा बीमा पोलिसी त्याग (सरेण्डर) भएको छ ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीबाट चालू आर्थिक वर्ष २०८०/ ०८१ को ५ महिनासम्ममा ४४ हजार बढी बीमितबाट पोलिसी सरेण्डर भएको हो ।
प्राधिकरणका अनुसार सो अवधिसम्म ५ अर्ब ५३ करोड ३ लाख रुपैयाँको पोलिसी त्याग भएको हो । जीवन बीमा क्षेत्रबाट पाँच महिनामै साढे ५ अर्ब रुपैयाँ सरेण्डर भई बाहिरिएको छ ।
चरम आर्थिक मन्दीको प्रभाव जीवनबीमा क्षेत्रमा देखिएको छ ।प्राधिकरणले पोलिसी सरेण्डर दर घटाउन विभिन्न प्रयत्न गरेता पनि प्रत्येक महिना यस्तो दर बढ्दै गइरहेको तथ्यांकले देखाउँछ ।
प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बीमा अभिकर्ताहरुले बीमितसमक्ष बीमाबारे स्पष्ट जानकारी नदिंदा सरेण्डर मात्रा बढ्दै गएको बताउँदै आइरहेका छन् ।
प्राधिकरणले दक्ष तथा योग्य अभिकर्ताबाट मात्रै बजारमा बीमापोलिसी बिक्री गरियोस् भन्ने हेतुले गत कात्तिक महिनाबाट जीवन बीमा अभिकर्ताको परीक्षाआफैं सञ्चालन गर्दै आएको छ ।
प्राधिकरणका अध्यक्ष सिलवालले बीमा बजारमा सरेण्डर हुनु स्वभाविक भएको बताउँदै यस्तो दर कम गर्न पहल भइरहेको बीजशाला डटकमले बताए ।
दक्ष तथा अनुभवी बीमा अभिकर्ताहरुले भने पछिल्लो समय आर्थिक मन्दीको कारण सरेण्डरको मात्रा बढ्दै गइरहेको बताउँछन् । जीवनबीमाअभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारीले आर्थिक मन्दीकाकारण नै बीमा पोलिसी त्याग गर्नेको संख्या बढ्दै गएको बताए ।
‘बीमा पोलिसी सरेण्डर दर बढ्नुमाअभिकर्ता पनि केहि हदसम्म जिम्मेवार छन्, कम्पनीले दिएको लक्ष्य पुरा गर्ने होडबाजीमा कुन बीमितलाई कति बीमांक रकमको बीमा गराउन उपयुक्त हुन्छ त्यो अभिकर्ताले सोच्नुहुँदैन’,अधिकारीले भने, ‘बीमितको आर्थिक अवस्थालाई नियालेर बीमा गराउँदा पोलिसी सरेण्डर हुने चान्स कम हुन्छ ।’
चालू आवको साउनमहिनामा कुल ९ हजार ७९८ बीमितबाट कुल १ अर्ब २८ करोड ३३ लाख रुपैयाँको पोलिसी त्याग भएको थियो । त्यस्तै, भदौ महिनामा उक्त दर बढेर ९ हजार ३८६ जना बीमितले अर्ब १८ करोडको पोलिसी त्याग गरेका थिए ।
साथै असोज महिनामा पोलिसी सरेण्डर रकम घटेपनि त्याग गर्नेको संख्या भने बढेको थियो । उक्त महिनामा ९ हजार ९३६ बीमितबाट १ अर्ब १८ करोडको बीमा पोलिसी समर्पण भएको थियो ।
साथै कात्तिक महिनामा उक्त दर घटेको थियो । प्राधिकरणका अनुसार कात्तिकमा ६ हजार ९१ जना बीमितबाट ७९ करोड ४९ लाख रुपैयाँको पोलिसी त्याग भएको थियो ।
कात्तिकमा पोलिसी समर्पण दर घट्दा बीमा प्राधिकरणले अब यस्तो दर घट्ने अनुमान गरेको थियो । तर मंसिर महिनाको तथ्यांकमा भने त्यस्तो दर फेरि बृद्धि भएको छ । सो महिनामा ९ हजार ७४४ बीमितबाट कुल १ अर्ब ८ करोड रुपैयाँको पोलिसी त्याग भएको छ ।
गत पुसमा संसदको सार्वजनिक लेखा समितिले बीमा पोलिसी सरेण्डर सम्बन्धमा बीमितले तिरेको बीमाशुल्कमा २५ प्रतिशत सञ्चालन खर्च कटौती गरी बाँकी रकम फिर्ता गर्ने व्यवस्था गर्न प्राधिकरणले निर्देशन दिएको थियो ।
बजारमा अबपोलिसी सरेण्डर गर्दा बीमा शुल्कको २५ प्रतिशत रकम काटिर अरु रकम पाउने भ्रम फैलिंदा पोलिसी त्याग गर्नेको संख्या बढ्न पुगेको प्राधिकरणले बताएको छ ।
हेर्नुस् तालिकामा :
