मंगलवार, बैशाख ८,२०८३ 08:45:20
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 08:45:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एशिया–प्रशान्त क्षेत्रका ८२% बीमा कम्पनीमा युवा वर्गको क्यान्सर दाबीमा उल्लेख्य वृद्धि

Bizshala
एशिया–प्रशान्त क्षेत्रका ८२% बीमा कम्पनीमा युवा वर्गको क्यान्सर दाबीमा उल्लेख्य वृद्धि
Shivam Cement

काठमाण्डौ । एशिया–प्रशान्त क्षेत्रमा क्यान्सर रोग बीमाकर्ताहरूका लागि सबैभन्दा तीव्र रूपमा बढ्दो रोगका रूपमा देखा परेको छ। विल्स टावर वाट्सन(डब्लुटीडब्लु) को ‘२०२६ ग्लोबल मेडिकल ट्रेण्ड रिपोर्ट’अनुसार, पछिल्लो १८ महिनामा ५२ प्रतिशत बीमाकर्ताहरूले क्यान्सरको घटना दर सबैभन्दा धेरै बढेको बताएका छन्।

रिपोर्टअनुसार, यस क्षेत्रका बीमाकर्ताहरूले दाबी बढाउने प्रमुख क्यान्सरका प्रकारका रूपमा स्तन क्यान्सर, कोलोरेक्टल क्यान्सर र फोक्सोको क्यान्सरलाई औँल्याएका छन्।

डब्लुटीडब्लले क्यान्सरका कारण एशिया–प्रशान्त क्षेत्रभरि स्वास्थ्य बीमा प्रयोग र लागत दुवै बढिरहेको जनाएको छ। करिब ८२ प्रतिशत बीमाकर्ताहरूले ४० वर्ष मुनिका व्यक्तिहरूमा क्यान्सरका घटना बढेको रिपोर्ट गरेका छन्। युवा उमेर समूहका बिरामीहरू लामो समयसम्म उपचारमा रहने र थप कभरेज तथा सहयोग आवश्यक पर्ने भएकाले यस प्रवृत्तिले स्वास्थ्य तथा कर्मचारी लाभ योजनामाथि थप दबाब सिर्जना गरिरहेको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

रिपोर्टमा एशियाले विश्वका करिब ४९ प्रतिशत क्यान्सरका घटनाहरू ओगटेको उल्लेख छ, जहाँ प्रत्येक वर्ष ९.८ मिलियनभन्दा बढी मानिसमा क्यान्सर निदान हुने गरेको छ।

सिंगापुरमा मात्रै क्यान्सर मृत्युको प्रमुख कारण बनेको छ। पछिल्लो उपलब्ध तथ्यांकअनुसार, कुल मृत्युको २६.२ प्रतिशत क्यान्सरका कारण भएका छन्।

यसैबीच, क्यान्सरको निदानपछि कार्यालय फर्किनुपर्ने विषयमा ६५ प्रतिशत कर्मचारीहरूले चिन्ता व्यक्त गरेका छन्। यद्यपि, १० मध्ये ९ जना सिंगापुरवासीले काममा फर्कनु आफ्नो स्वास्थ्य पुनःस्थापनामा सहयोगी हुने बताएका छन्, जसले क्यान्सरबाट बाँचेकाहरूको पुनर्वास र उपचार प्रक्रियामा कार्यस्थलको भूमिका महत्वपूर्ण रहेको देखाउँछ।

डब्लुटीडब्लु एशिया–प्रशान्त क्षेत्रका हेल्थ एन्ड बेनिफिट्स, रणनीतिक विकास प्रमुख ईभा लिउले भनिन्, ‘क्यान्सर अब कार्यस्थलभन्दा बाहिरको विषय मात्र होइन। यसले कर्मचारीको करियरका हरेक चरणमा असर पार्न सक्छ।’

डब्लुटीडब्लुका अनुसार, प्रारम्भिक जाँच, रोकथाम तथा कार्यस्थल कल्याण कार्यक्रमहरू भविष्यमा क्यान्सरसँग सम्बन्धित दाबी र स्वास्थ्य खर्च नियन्त्रण गर्न प्रभावकारी उपायका रूपमा देखिएका छन्।

CG Motors
Garima Development Bank
IME remit

रिपोर्टले क्यान्सर पीडित धेरै व्यक्तिहरूले डर, चिन्ता, उदासी, क्रोध र एक्लोपन जस्ता गम्भीर मानसिक तथा भावनात्मक चुनौतीहरू भोगिरहेको पनि औँल्याएको छ। एशियामा एड्भान्स्ड क्यान्सर रिपोर्ट भएका ५४ प्रतिशत भन्दा बढी व्यक्तिमा उच्च स्तरको चिन्ता वा डिप्रेसन देखिएको छ, जहाँ सामाजिक कलंक अझै पनि ठूलो समस्या बनेको छ।

कर्मचारीहरूले रोजगारीको सुरक्षा, कार्यसम्पादन, आम्दानीमा कमी र कार्यस्थलमा रोगबारे जानकारी खुलाउने विषयमा पनि चिन्ता व्यक्त गर्ने गरेका छन्, जसले उनीहरूको मानसिक तनाव अझ बढाउने गरेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.