काठमाण्डौ । मध्यपूर्वबाट चीनतर्फ कच्चा तेल ढुवानी गर्न प्रयोग हुने सुपरट्यांकर भाडा ऐतिहासिक उच्च तहमा पुगेको छ। लण्डन स्टक एक्सचेञ्ज ग्रुपका तथ्यांकअनुसार यस्ता ठूला तेलवाहक जहाज भाडामा लिन अहिले ४ लाख अमेरिकी डलर भन्दा बढी खर्च लागिरहेको छ।
यो दर गत साता अमेरिकाले इरानमाथि आक्रमणको चेतावनी दिएयता झण्डै दोब्बर भएको हो।
इरानले आफ्नो दक्षिणी तट नजिक पर्ने स्ट्रेट अफ हरमुज हुँदै आवतजावत गर्ने जहाजहरूलाई निशाना बनाएको बताइएको छ। विश्वको करिब पाँचौं भाग तेल तथा ग्यास यही जलमार्ग हुँदै ओसारपसार हुने भएकाले यो क्षेत्र अत्यन्तै संवेदनशील मानिन्छ।
रेकर्डस्तरको भाडा दुई मिलियन ब्यारेलसम्म कच्चा तेल बोक्न सक्ने सबैभन्दा ठूला ट्यांकरहरूका लागि लागू भएको हो।
गत साता इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि विश्व ऊर्जा बजारमा देखिएको मूल्यवृद्धिको यो एक प्रमुख संकेतका रूपमा हेरिएको छ। तेल ढुवानी लागत बढेसँगै अन्तर्राष्ट्रिय बजारमा थप मूल्यचाप पर्ने विश्लेषण गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।